नबउदारवादी समाजमा डा. गोविन्द केसीहरू

  • Get News Alerts

लोकतन्त्र बलियो  बनाउन केहि आधारभूत आवश्यकताहरु हुन्छन। आवधिक निर्वाचन, सशक्त मिडिया र जागरुक नागरिक समाज ति आधारहरु हुन्। डा. गोविन्द केसी नागरिक समाजको सशक्त खम्बाका रूपमा उदाएका छन्। डा. केसी एक्लैले नागरिक समाज थाम्न सक्दैनन्।

राजनीतिक मुद्दा बाहेक नेपालमा हालसम्म ठूलो रुपमा  सामूदायिक आन्दोलन उठ्न सकेको छैन। पछिल्लो चार वर्षयता डा. गोविन्द केसीले उठाएको स्वास्थ्य र चिकित्सा शिक्षामा सर्वसाधारणको पहुँचको मुद्दाले बृहत् नागरिक साथ पाउन थालेको छ। यो संगै अरु सामाजिक मुद्दाहरुलाई सर्वसाधारणको तहमा बुझाउन उनलाई अरू जागरुक नागरिकको साथ चाहिन्छ। अब  कुरा  गरौ  समाज  संचालन  गर्ने राजनैतिक अर्थ व्यवस्थाहरुले कसरि जागरुक नागरिकको उत्पादन मा असर गर्दछ।

अर्थतन्त्रको मेरुदण्ड भनेको जनता नै हो। उनीहरूले तिरेको करले सरकारको ढुकुटी भरिन्छ। समाजवाद उन्मुख लोकतन्त्रमा जनताको स्वास्थ्य र शिक्षाको जिम्मा सरकार को हो। तर नेपालमा शिक्षा र स्वास्थ्यको घृणित स्तरको निजीकरण भयो । फलस्वरूप जनता शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताहरु बाट बन्चित भएका छन् ।

स्वास्थ्य र शिक्षा क्षेत्रलाई  बेलगाम नीजि बजारको हातमा छाडिदिने राज्यसत्ता समस्याको कारण हो । केहि प्रस्नहरु छन् । के शिक्षा र स्वास्थ्य क्षेत्रलाईनिजी क्षेत्रको चरम निजीकरणबाट फुत्काएर राज्यको दायित्वमा ल्याउन सकिन्छ? के त्यसका लागि राजनैतिक पार्टी  हरु तयार हुन्छन् ?

के शिक्षा र उपचार जनताकोमौलिक हक हो भनेर संविधानमा लेखेर मात्र त्यो हक जनताले उपभोग गर्न पाउँछन् ? अब उत्तर खोज्नै पर्ने भएको छ |

विश्वभर  र  नेपालमा  पनि  समाज  संचालन  सम्बन्धि  दुइवटा धार (वाद)हरु  चल्तीमा  छन् ।उदारवाद (लिबरलिज्म) र नवउदारवाद  (निओलिबरलिज्म) । उदारबादीहरु  सामाजिक–राजनीतिक स्वतन्त्रताको कुरामा  बिश्वास  गर्छन। अर्थतन्त्र भने सरकारकै निगरानीमा हुनुपर्छ भन्छन्। धनीले बढी कर तिर्नुपर्छ, गरिबलाईसहुलियत–अनुदान दिनुपर्छ भन्छन्। उदारबादीहरु  समाजवादमा विश्वास गर्छन्। शिक्षा स्वास्थ्य सरकारको दायित्व हो भन्छन् ।

एक  बिचारधाराले बिस्वभर हामी धेरैको जीवन निर्देसित गरेको छ तैपनी हामी धेरै त्यो वादको बारेमा अनबिज्ञ छौ। त्यो बिचारधारा वा वाद को नाम हो - नवउदारवाद । नबउदारबादीहरु आर्थिक विषयको सबै  कुरा  बजारले  नै  सन्तुलन  गर्छ  भन्ने  विश्वास  गर्छन्। सरकारको  भूमिका  कम  हुनु पर्छ भन्छन् । शिक्षा र स्वास्थ्य व्यक्ति  स्वमको  जिम्मेवारी हो भन्छन् र  पुरा  बजार  लाईनै  नियन्त्रण  गर्न छुट  दिन्छन् । नवउदारवादले  प्रतिस्प्रदालाई  नै जीवन को मुल मन्त्र ठान्दछ र मानबलाई फगद उपभोक्ता ।

अनि हामी केबल बजारका उत्पादान( बस्तु र सेवा) जो किन बेच मात्र हुन्छ। हर चिजको मुल्य तोकिन्छ चाहे त्यो हाम्रो अदर्श र सिद्धान्तको मुल्य नै किन नहोस्  ।  बजारले नै सबैको हिस्सा तय गर्ने हुँदा सरकारको  भूमिका  हर क्षेत्रमा निकै  कम  हुनु  पर्ने  बिश्वास  गरिन्छ।  सरकारको  मुख्य  काम निजि  पेसा  वा  ब्यबसाय को  सेवा  गर्नु  त हो नै  स्वयम  सरकार पनि  नाफा  घाटाको  सिद्दान्त अनुरुप  एक्  ब्यबसाय जसरि  सँचालित  हुनु  पर्छ  भनिन्छ । चालिसको दशकमा मौलाउन थालेको र नबउदारबादी अर्थमन्त्रि  डा. राम सरण महतले पारंगत गरेको खुल्ला बजार र निजीकरणको परिणामस्वरूप शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियातन्त्रले जरा गाडिसकेको सत्य हो ।

नबउदारबादीहरु   को  त  कुरा  छोडौ , आफुलाई  उदारवादी  र  समाजबादी  भन्नेहरु  पनि  आज  व्यवहारमा चर्को  नवउदारवादको  समर्थक  भएका  छन्  । आफुलाई  पुजीबादी  भन्नेहरु  पनि नवउदारवाद को  रसमा  चुर्लुम डुबेका  छन् जबकि पुँजीवाद र नवउदारवाद एउटै होइनन् । क्यापिटलिज्म (पुँजीवाद) र कर्पोटेरिज्म फरक कुरा हुन्। कर्पोटेरिज्म  पैसा हुनेहरुको मात्र सुनुवाई हुने व्यवस्था हो। नवउदारवाद मा कर्पोटेरिज्म  को  जय  हुन्छ, समाजवाद को  पराजय । पुजिवादी अमेरिका र पश्चिम युरोपमा पनि २००८ को आर्थिक मन्दी नबउदारबादी अर्थ व्यवस्था को कारण ले भएको थियो भन्ने प्रमाणित भैसकेको छ । समाजवाद उन्मुख अर्थतन्त्र भनिए पनि नेपाल नवउदारवाद प्रजातन्त्रको अभ्यासमा क्रियाशील छ ।

बिस्वमा  कसरि  सुरु  भयो  त  नवउदारवाद। दोस्रो  बिस्व  युद्द  पछि  का  तीन  दसक , युरोप र अमेरिकाभर  राम्रो  आर्थिक  विकास  भयो। आर्थिक  असमानता  तुलनात्मक  रुपमा  कम  थियो। संसारभर  उदारवादी  व्यवस्था  चल्तीमा  थियो। १९७०  को  दसकको  बीचतिर  आर्थिक  मन्दी  भयो। उक्त  मन्दीको  सामना  गर्ने  नाममा अमेरिका  र  इंगलैंडमा  नवउदारवादको  सुरु  भयो। जोह्न हर्वेयको पुस्तक   “अ  ब्रिएफ़  हिस्ट्री  अफ   निओ-लिबरलिज्म”  ले  धेरै प्रसङ्ग हरु  प्रस्ट  पार्छ। १९८०  को  दसक  बाट  सुरु  भएको  हो  नवउदारवाद को प्रभाव  मूल  अर्थ  राजनीतिमा। अमेरिकाका रास्ट्रपति  रोनाल्ड  रेअगन  र इंगलैंडकि प्रधान मन्त्रि  मार्गरेट  थात्चेर  आफ्नो कार्यकालभर अनेकौ सिधान्त मार्फत नवउदारवादलाई मलजल गरिरहे, बढावा गरिरहे। । राज्य को भूमिका घटाइरहे। हित करी राज्य ब्वास्था धरासाही बनाइरहे।

'कपिटल  इन  ट्वेंटीफर्स्ट सेंचुरी '  का  लेखक थोमस पिकेटीका  अनुसार  आर्थिक  असमानता  अहिलेको  समाजमा  सबै  भन्दा  ठुलो  चुनौती  हो। यो  १९८०  को  दसक  पछि  धेरै  बढेको  छ । यस को मुख्य कारण नबउदारबादी आर्थिक सामजिक ब्यवस्थानै हो। व्यक्तिहरु  निकै  आत्मा  केन्द्रित  भएका  छन् । समाज र  राज्यको भूमिकामा  कम  विश्वास  भएको  छ। आफ्नो  लागि  कुनै  राज्य  हितकारी  हुन  नसक्ने  र  आफ्नो लागि सबै  आफैले  गर्नु  पर्ने  कुरा  सानै देखि घर घरमा सिकाइएको छ। प्रतिस्पर्दा मा कुनै पनि तरिका बाट अगाडी आउनु नै  सफलता   हो  भनेर  स्कूलमा  सिकाईन्छ। नैतिकता अनि सामाजिक दायित्व को पाठ कम सिकाईन्छ। हामि आफैले  आफैलाई   मानब  पुजिको  रुपमा मात्र हेर्न जानेका छौ - मन रहित , आत्मा रहित।

नबउदारबाद  अर्थ  ब्वास्था  मात्र  हैन  सामाजिक  ब्वास्था  पनि    हो। हाम्रो  समाजमा  पनि  नवउदारबादले  धेरै  हद  सम्म  जरो  गाडेको  छ। मानिस  हरु  आत्मा  केन्द्रित  भएका  छन्।. हितकारी  राज्य  प्रति  विश्वास  छैन। सबै  मुसा  को  दौडमा  छन्। आफ्नो  भन्दा बढी कसैको  बारेमा  सोच्ने  फुर्सद  छैन। यो  बिचार धारामा धनी ब्यक्तीहरु आफुलाई आफ्नो क्षमता  ले मात्र धनी भएको मान्दछन भने गरीबहरु आफुलाई भाग्र्‍यले ठगेको ठान्दछन । जन्म देखीको असमान आर्थिक सामजिक परिबेस ले आज को अवस्था आएको कुरा दुबै समुहका मनिस हरु लाई महत्वोपूर्ण लाग्दैन । हाम्रा आजका मेडिकल बिधार्थीको  कुरा  गर्दा अधिकांस  बिधार्थी  पैसा  तिरेर  पढेका  छन्।राज्यले  तोकेका   भन्दा  बढी  पैसा  तिरेर  पढेका  छन्। त्यो  पैसा  को  स्रोत  के  हो ? धेरै  जसो  पैसा कर छली को , कालो अर्थतन्त्रको  त  हैन भन्ने प्रस्न उठेको छ किनकि पैसा बैंक मार्फत तिरिदैन। आफ्नो घर मा बुवा आमा को कानुनी आम्दानी भन्दा बढी पैसा कहाँ बाट आउछ भनेर सोध्ने सन्तान छैनन्l                 

मैले चितवनमा  डाक्टर   गोविन्द  केसीको  अन्तिम तिन आन्दोलन  मा  नेतृत्व  गरेको  छु। दुइ  वटा  मेडिकल  कोलेज भएको  ठाउँ  बाट  धेरै  कम  मात्र  बिधार्थी  कार्यक्रम  मा  उपस्थित  हुन्छन। के कारण हो ? हो  केहि  बिधार्थी  डर  को  कारण  पनि  आउदैन  होला  तर कतै  धेरैले  मतलब  नराखेको त हैन ? सामजिक काममा पनि योगदान गर्नु पर्छ भन्ने कुरा परिवारमा हुर्कदा नसिकेर त हैन ? धेरै आत्मा केन्द्रित भएर त हैन? प्रस्न आउछ के येस्तै बिधार्थीहरु बाट अरु डाक्टर गोविन्द जन्मन्छन्? हाम्रा  कति  व्यक्ति  जन्मदै  कुनै  पार्टी   को  सदस्य  भए  जसरि  ब्यबहार  गर्छन।.हाम्रा अभिभाबकहरुले आफ्नो बिबेक बेचेर पार्टी र नेता भक्त भएको हाम्रा ससाना नानी हरु सानै उमेर बाट देख्छन । के हाम्रो युवा हरु पनि आफ्नो बिबेक गुमाएर पार्टी को स्थाई मतदाता मात्र त भएका छैनन्।

गोविन्द  केसीको  आन्दोलनको  मर्म   अनुरुप  पढाईमा राम्रा ,सेवाभाव भएका  र सामाजिक उत्तरदायुत्व भएका बिद्यार्थी  डाक्टर पढ्न थाल्छन्कि भन्ने  छ । अरु  धेरै गोविन्द  केसी  उत्पादन  गर्न  अब हाम्रो सोच मा सुधार गर्नु पर्ने भएको छ । सामाजिक अर्थ ब्यवस्था मा सुधार गर्नु पर्ने भएको छ । सामाजिक संजालमा  रमाइलो को लागि मात्र लेख्ने हैन  डा. केसीको जीवन र भोगाईमा आफ्नोपन भेट्ने डाक्टर चाहिएको छ । ती सब समर्थक, जसले आफूले कहिल्यै नबाँचेको आदर्शलाई स्थापित गर्न खोज्दै छन् सामाजिक मेडिया हरुमा ,तिनी हरु नबउदारबाद का उत्पादन मात्र हुन् । तिनीहरु मा गोविन्द केसी फुल्ने कोपिला भेटिदैन  ।

नबउदारबादको चरम नसामा समाज मस्त झुमीरहेको छ । नबउदारबादी सासकहरु बेहोशी समाज लाई मस्त लुटिरहेका छन । जब सम्म नबउदारबादका रक्षकहरु राज्यका हर्ताकर्ता रहन्छन्, धेरै गोविन्द केसीहरुले धोका पाइरहन्छन । अबको चुनौती भनेको धेरै गोविन्द केसी जन्म्माउनु मात्र हैन कि तिनीहरुलाई राज्य र समाजको ब्यवस्था र सन्चालन बिधी परिवर्तन गर्न सक्ने तहमा पुराउनु पनि हो । मुख्य  कुरा  के  हाम्रो समाज लाई यो  नबउदारबादको  पंजा  बाट निकालेर  अरु  धेरै  गोविन्द  केसीहरु लाई त्यो नेतृत्व तह मा पुराउन सक्छौ कि सक्दैनौ  भन्ने हो । 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट