ठूल्ठूला मन्दिर बनाउनेले चर्पी किन नबनाएका होलान्?

  • Get News Alerts

 
बौद्ध स्तुप पुनर्निर्माणको भव्यता देखेर को नेपाली प्रसन्न नहोला र!
 
त्यसको पुनर्निर्माण निम्ति ३० करोड रुपैयाँ जम्मा भएको थियो। त्यसमध्ये २३ करोड निर्माणमा खर्च भएको र बाँकी ७ करोड व्यवस्थापनका लागि राखेको भनिएको छ, जुन अत्यन्तै सकारात्मक हो।
 
केही दिनअघि चाबहिल बस्ने अनिता भट्टको कुरा सुनेर मन खिन्न भयो। उनले भनेकी थिइन्, ‘त्यस्तो राम्रोसँग बनाएको बौद्ध स्तुप क्षेत्रमा जम्मा दुईवटा मात्र चर्पी, त्यो पनि विदेशीलाई मात्र प्रयोग गर्न दिने भनेर बनाइएको रहेछ।’
 
अनिताको कुराले मलाई स्तुप निर्माण गर्ने इन्जिनियर, व्यवस्थापक, चन्दादाता कसैले पनि चर्पी बनाउने विषयमा किन ध्यान नदिएको होला भन्ने लाग्यो। पेट्रोल पम्पमा पनि चर्पी बनाउनुपर्छ भन्ने नियम बनेका बेला मन्दिर, मस्जिद र  ठूला स्तुपजस्ता हजारौं मानिस आएर घन्टौं बस्ने ठाउँमा चर्पी र पानीको बन्दोबस्त नभए धार्मिक आस्थाका लागि आएका मानिस शौच गनै कता जाने होला? कि नजिकैको पसलमा गएर नित्य कर्म गर्ने हो?
 
विदेशीका लागि चर्पी बनाउने व्यवस्थापकले नेपालीलाई नबनाएको कारण हामी फोहोरी हुन्छौं, जताततै दिसा–पिसाब गरिदिन्छौं भनेर पो हो कि! तर, पानी र साबुनको राम्रो व्यवस्थापन हुने हो भने नेपालीहरूले पनि फोहोर त गर्ने थिएनन् होला नि! यति ठूलो स्तुप बनाउनेले प्रत्येक दिन त्यहाँ कति मानिस आउँछन्, कति बेर घुम्छन्, ध्यान गर्छन् भन्ने विचार त गरेकै होला नि? त्यसैअनुसार सरसफाइको व्यवस्था, बिजुलीबत्ती, मैनबत्ती, अगरबत्ती आदिको प्रबन्ध पनि गर्नुपर्ने होइन र!
 
धार्मिक भावनाले ओतप्रोत भएका आन्तरिक तथा बाह्य पर्यटकलाई हाम्रा मठ–मन्दिर कसरी पुनर्निर्माण भएका छन्, सरकारी सहायताबिना नै सहयोगी दाताहरूको खुला हातले कसरी ठूलो काम सम्पन्न भइरहेको छ भन्ने बुझाउन र देखाउन पनि यहाँ भ्रमण गर्न प्रोत्साहित गरिनुपर्छ। यो सम्पूर्ण नेपालीलाई गौरवान्वित तुल्याउने अवसर पनि हो। मेरो एउटै चिन्ता छ, स्तुप घुम्न जाने पर्यटकले शौचालय पो कहाँ प्रयोग गर्लान्? स्तुप परिसरमा चर्पी नभएपछि कसरी लामो समय बसेर आनन्द लिने होला? 
 
यस्तो अवस्थामा दिसा–पिसाब लागे कुनै राम्रो होटलमा गएर सय रुपैयाँको चिया पिएर त्यहाँको चर्पी प्रयोग गर्नुको विकल्प हामीसँग छैन। तर, यस्ता धार्मिक स्थल आउने सबै मानिससँग त्यसरी होटलमा गएर महँगो चिया खाने पैसा नहुन पनि सक्छ। अनि के उनीहरूले यति राम्रो स्तुपको आनन्द लिँदै लामो समय बिताउन नपाउने? पुरुषहरूले त कुनै कुनामा उभिएर पनि आफूलाई सहज बनाउँछन् होला, तर महिलाले के गर्ने? महिलालाई यसरी जथाभावी कतै गएर ‘सहज’ हुन पनि गाह्रो पर्छ। 
 
पुनर्निर्माणको यति ठूलो काम गर्दा पैसाकै अभावमा त पक्कै चर्पी नबनाइएको होइन होला। पानी व्यवस्थापनका लागि पनि पैसा अभाव थिएन होला। यहाँ एउटै कुराको अभाव थियो, आउनेजाने मानिसलाई चर्पी र पानीको राम्रो बन्दोबस्त हुनुपर्छ भन्ने विचारको। घुम्न आएका व्यक्तिले कुनै दिन बेलुकासम्म घुमेर अँध्यारो भएपछि कुना–कुनामा दिसा–पिसाब गरे भने भोलिपल्टदेखि त्यो धार्मिक स्थलको अवस्था के होला?
 
चर्पीका बारेमा नेपाल सरकारले धेरै नियम बनाएको छ। खुला दिसामुक्त देश बनाउन करोडौं खर्च गरेको छ। तर, यस्ता सार्वजनिक स्थलहरूमै चर्पीको उचित बन्दोबस्त नभएसम्म खुला दिसामुक्त क्षेत्रको अवधारणा कसरी पूरा होला? हामीकहाँ कसैले पनि चर्पी सबै ठाउँमा चाहिन्न भन्दैन, तर चर्पीको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नको जवाफ दिन पनि गाह्रो छ। धेरैजसोले ठूलो उद्देश्य राखेर ठूलो कार्यक्रम गर्दा चर्पीलाई बेवास्ता गर्ने गरेका कर्यौ उदाहरण छन्।
 
नेपालका अन्य ठूला धार्मिक स्थल जानकीधाम, बुढानिलकण्ठ वा गोसाइँकुण्डमा पनि चर्पीको अभावले जताततै फोहोर छ। चर्पी र पानीको व्यवस्था नभएर यात्रीलाई कति समस्या छ भन्ने कसले विचार गर्ला? जानकी मन्दिरमा केही समयअघि विवाह पञ्चमीको धुमधाम भयो। लाखौं मानिसले उक्त उत्सव मनाए। तर, ती मानिसले उत्सव मनाएर दिसा–पिसाब कहाँ गरे होलान्? जनकपुरमा सार्वजनिक शौचालय कति छ भनेर मैले घुमेर हेर्दा कतै देखिन। 
 
कतिले यो लेख पढेर जाबो चर्पीको विषयमा के लेखे होलान् भन्ठान्नु होला। तर, चर्पी नभएको ठाउँमा दुई दिन बसेर अनुभव गरे थाहा हुन्छ, चर्पी कति महत्वपूर्ण छ भनेर। नेपालका कति गाउँमा चर्पी नभएकैले झाडापखाला फैलिएको हामीले देखेका छौं। चर्पी नभएकाले वनजंगल जाँदा जनावरको टोकाइको शिकार भएका उदाहरण पनि हामीसँग छन्। अध्याँरो झाडीभित्र पिसाब गर्न जाँदा बलात्कारको शिकार भएका घटना पनि थुप्रै छन्। खासगरी तराईमा चर्पीको अभावले महिला स्वास्थ्यमा समस्या परेका छन्। हाम्रा मठ–मन्दिरमा चर्पीको अभाव त्यही सिलसिलाको एउटा कडी हो।
 
यति महत्वको चर्पीलाई हामीले ध्यान नदिएर भयो त!

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट