तीस सेकेण्डको पाँच सय तिर्ने हामी बाइकवाला

  • Get News Alerts

नेपालीको साझा विशेषता हो–समयको कुनै मतलब नहुनू। ‘नेपाली टाइम’ भनेर यो बेमतलबीलाई हामीले ब्राण्डिङ नै गरिसकेका छौं। कुनै ठाउँमा जान वा आउन पन्ध्र मिनेटको ढिलाइलाई हामी सहजै स्वीकारिदिन्छौं। सरकारी निकायदेखि प्राइभेट अफिससम्म सबैलाई यो सुविधा प्राप्त छ।

तर जब हामी मोटरसाइकलको एक्सिलेटर समातेर सडकमा निस्कन्छौं। हामीलाई समयको यति प्रवाह हुन थाल्छ, एक मिनेटमात्र हामी रोकियौं भने जिन्दगीका सारा काम बर्बाद हुन्छन् जसरी हामी मोटरसाइकल चलाउँछौं। साँघुरो ठाउँमा यसो मिलाएर छिराउँछौं। कसैलाई अलिकति पेलेर जान्छौं। अझ सबैभन्दा बढी त निस्फिक्री अर्को लेनमा छिर्दै सानसँग एक्सिलेटर बटार्छौं।

यसो गर्नेमा म पनि एक हुँ। म अचेल बिहान सात बजेसम्म सुत्छु। साढे छ बजे नै उठौं भनेर मलाई कहिल्यै हतारो हुँदैन। बरू कहिलेकाहीँ सवा सात बजेसम्म सुतिदिन्छु। अरू काम पनि म बिस्तारै गर्छु, एकबारको जुनीमा मरिलानु के छ र झैं गरी। तर जब म अफिस आउन मोटरसाइकल स्टार्ट गर्छु, समयसँगै दौडिन चाहन्छु। कसैले मलाई ओभरटेक नगरोस् भन्ने लाग्छ। कीर्तिपुरदेखि झम्सीखेल पुग्दा जाम नभए सात मिनेट लाग्छ जाम हुँदा धेरै लागे १५ मिनेट लाग्छ। बिहान सात बजेसम्म सिरकभित्र गुटुमुटु भइरहने मलाई मोटरसाइकल चढेपछि भने त्यो आठ मिनेटले बेचैन बनाइदिन्छ।

अफिस आउँदामात्र होइन, अफिसबाट रिर्पोटिङ जाँदामा पनि बाइकको हतारो उस्तै हो। सकभर ओभरटेक गरेर, पेलेर, अर्को लेनमा चलाएर भए पनि गइहाल्ने। एक मिनेट भएपनि छिटो पुग्ने गरी चलाउने। एक दुई चोटी म पनि लाइनको पछाडि बसेको छु। तर जब मभन्दा पछाडि आएको मोटरसाइकल कहाँ अगाडि पुगिसकेको देख्छु, मलाई सहिनसक्नु हुन्छ, सायद हिनताबोध हुन्छ। त्यही भएर सकभर अगाडि जान खोज्छु। सडकमा म सधैं अघोषित प्रतिष्पर्धामा हुन्छु।

गत बिहीबार रिर्पोटिङका लागि नागपोखरी जानु थियो। कुपण्डोलको पुलभरि जाम थियो। थापाथलीबाट सुरू भएको गाडीको लाइन पुल पारि नै पुगेको थियो। मलाई लाइनमा बस्न मनै लागेन। बरू सुन्धारातिरबाट जान्छु भन्ने सोचेर छेउको लेनमा घुँसे। पुल सकिनै लाग्दा अर्को लेनमा अलिकति ठाउँ खाली रै’छ। मोटरसाइकलका दुई पांग्रा अटाउने ठानेपछि म त्यतै घुसेँ। ३० सेकेण्ड नपुग्दै जाम खुल्यो। म विजय भावका साथ अगाडि बढेँ। मसँग आएका अझै पछाडि लाइन बसेका देखेर मेरो मर्दाङ्गी माथि आफैं गदगद थिएँ। तर मेरो त्यो खुसी धेरैबेर टिकेन। बीचतिरबाट आएको मलाई थापाथली चोकका ट्राफिक प्रहरीले रोक्न इसारा गरे।

मैले ङिच्च हाँस्दै बाइक साइड लगाएँ। खल्तीबाट चिट निकाल्दै उनले भने– धेरै चलाख बन्न खोज्नुहुन्न। लाइसेन्स निकाल्नुस्।

मसँग फर्काउने जवाफ थिएन। लाइसेन्स निकालेर दिएँ। उनले मलाई चिट थमाए र भने – बैंकमा पाँच सय जम्मा गर्नू, लाइसेन्स लिन बग्गीखाना आउनू।
कस्तो नमज्जा लाग्यो।

अर्को दिन १२ बजेतिर बग्गीखाना पुगेँ। भीड थियो, म जस्तै जरिवाना तिर्नेको। भीडमा पुरूषहरु धेरै थिए। दुई चार महिला पनि हातमा चिट बोकेर उभिएका देखिन्थे। कोही त केही दिन अघि मात्रै लाइसेन्स लिएर गएकाहरु पनि थिए।

लाइनमा लागेर पाँच सय रुपैयाँ बुझाएँ। पैसा तिरेर मात्र लाइसेन्स फिर्ता नपाइने रहेछ। एक घण्टा ट्राफिक सचेतनामूलक कक्षा लिनु पर्ने भने। एक पटकमा असी जना मात्रै अट्ने भएकोले पालो दिउँसो तीन बजे मात्र आउने भयो। नत्र अर्को दिन क्लास लिन आउनुपर्ने।

दिनभरि बग्गी खानाको चौरमा धुलो खाँदा लाग्यो– तीस सेकेण्डका लागि हतार नगरेको भए यस्तो सास्ती बेर्होन पर्दैनथ्यो। न पैसा नै जान्थ्यो। अर्को मनले सोचेँ– पैसा तिरेपछि खुरूक्क लाइसेन्स दिनु नि। बेकारमा के क्लास/स्लास भनेर समय बर्बाद गरिरहेका होलान्।

तीन बज्यो। चौरमै पाल टाँगेर बनाइएको टहरामा छिरियो। त्यतिञ्जेल प्यासले मेरो गला सुकेको थियो। ‘पिउने पानी राख्नु भएको छैन’, मैले त्यहाँ खटिएका ट्राफिकलाई सोधेँ।

‘यो होटल हो र?’,उनले रूखो प्रतिप्रश्न गरे। मेरो प्यास त्यत्तिकै मरेर गयो।

केहीबेरमा अगाडि राखेको टिभीमा ट्राफिक नियमबारेको गीत बज्यो। अनि चालकका लापरबाहीले भएका दुर्घटनाका फुटेज देखाइयो। ती फुटेजले आङै सिरिङै बनायो।

एकछिनमा टिभी बन्द भयो र ट्राफिक प्रहरी  नायब निरीक्षक‌*ले बोल्न थाले। उनले लेन अनुशासन मिचेर बग्गीखाना पुगेका हामीलाई स्वागत गरे। र, मैले गल्ती नै नगरी ट्राफिकले समात्यो भन्ने गुनासो गरेकाहरुलाई लेनका बारेमा भने। सचित्र उनले गरेको वर्णन जान्ने टोपली बसेको मलाई पनि थाहा रहेनछ।

सडकमा हामीले तीन वटा लाइन देख्छौं। तीमध्ये एउटा लाइन बीच बीचमा ब्रेक भएको हुन्छ। त्यो लाइनले लेन छुट्याउनुका साथै ओभरटेक पनि गर्न मिल्ने अर्थ दिने रै’छ। अर्को सिधा नछुट्टयाएको लाइन हुन्छ। त्यो चेतावनी लाइन रहेछ। त्यसको अर्थ अर्को लेन प्रयोग गर्नु जोखिमयुक्त छ भन्ने रै’छ। तेस्रो दुइटा सिधा रेखा भएको लाइन हुन्छ। त्यो लाइन भनेको बीच सडकमा पर्खाल लगाएको बराबर हो। जसरी हामी पर्खाल नाघेर अर्कोतिर सवारी चलाउन सक्दैनौं त्यसरी गरी दुई रेखा वाला लाइन मिचेर अन्त जानु हुँदैन। उनले चोकमा सवारी मोड्दा कसरी जानेदेखि ओभरटेकमा नाम हामी कसरी गलत लेनमा ड्राइभ गरिरहेका हुन्छौं भनेर पनि बुझाए।

चार बजे क्लास सकियो। लाइसेन्स फिर्ता ल्याएर म फर्किएँ। त्यही कुपण्डोलको पुलमा हेरेँ। जुन रेखा मिच्दै मैले मोटरसाइकल हाँकेको थिएँ। त्यो चेतावनी रेखा रहेछ। मलाई बल्ल आफूले गरेको गल्ती बोध भयो। ट्राफिक क्लासले मैले नजानेको नयाँ कुरा सिकाइदियो।

अचेल मलाई हत्तपत्त ओभरटेक मन लाग्दैन। बरू सडकका लाइनमा ध्यान जान्छ। कतै बिचमा छुटेका लाइन, कतै सिधा लाइन, त कतै दुइटा सिधा लाइन। तिनलाई मिच्ने हिम्मत आउँदैन किनकि एकातिर पाँच सय रुपैयाँ अर्कातिर बग्गीखानाको दिनभरिको धुलो।

तर धेरै मोटरसाइकलवालाहरु अझै पनि चर्को आवाज निकाल्दै, नागबेली बनाउँदै सडकमा गुडिरहेका हुन्छन्। ‘एकदिन बग्गीखाना जान्छन् अनि यीनले चाल पाउँछन्– लेन भनेको के हो’, सोचेर मनमनै हाँसो उठ्छ।

* सच्याइएको।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा