किन खोल्ने नयाँ मेडिकल कलेज?

  • Get News Alerts

बितेका केही वर्षमा मेडिकल क्षेत्रको यति चिरफार भयो कि यो विषयले चिया पसलदेखि संसद भवनसम्म नै प्रमुखताका साथ नै प्रवेश पायो। तर, यी छलफलबाट देशको स्वास्थ्य क्षेत्रमा के फाइदा भयो अनि के घाटा भयो भनेर हिसाब-किताब गर्ने बेला आएको छ। आखिर यत्रो छलफल र सरकारले गरेको विभिन्न निर्णयको अनि सम्झौताको अर्थ के? भनेर उत्तर खोज्ने बेला भने पक्कै आएको  छ।

हरेक सरकारका प्रधानमन्त्री र तिनका कार्यकर्ताहरू किन आफ्नो सम्पूर्ण ध्यान मेडिकल कलेज खोल्नमा नै केन्द्रित छन्? आखिर किन? यसको जवाफ पनि खोज्नु पर्ने देखिन्छ। तर, आम नागरिकले पनि यसको जवाफ सजिलै पत्ता पाउनेछन्,  के तिनले हाम्रो सुविधाको लागि तेसो गरेका हुन् त? पक्कै होइन, यदि हो भने किन नीति नियम मिचेर आफ्नो सत्ता र शक्त्तिको दुरुपयोग गर्नुपर्थ्यो?

विगतका प्रधानमन्त्रीहरूको इतिहास हेर्दा पनि तिनीहरू मेडिकल कलेजलाई सम्बन्धन दिने जालझेलमा फसेकै छन्। स्व. सुशील कोइराला प्रधानमन्त्री हुँदा विस्तारित कार्यक्रमका नाममा विराट मेडिकल कलेज र देवदह मेडिकल कलेजले स्वीकृति पाए। त्यसताका उक्त निर्णय गैरकानुनी रुपले गरियो भनेर व्यापक बिरोध हुँदा पनि विभिन्न प्रपन्च रच्दै तिनले आफ्नो कार्यक्रम चलाउन सफल भएकै छन्।

यसअघिका प्रधानमन्त्री केपी ओलीले पनि लामो समयदेखि सम्बन्धन पाउन असफल रहेको मनमोहन मेडिकल कलेजलाई प्रतिस्ठानको रुपमा स्थापना गर्न कसरत नगरेका भने पक्कै होइनन्। तर, जनदबाब र डा. गोविन्द केसीको अनसनको बलमा उनको प्रयास सफल हुन सकेन। हालका प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकन्ठ मकाजुलाई फेरि पनि उपकुलपति बनाइदिने प्रलोभन देखाउँदै आफूनिकट नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने तयारीमा छन्। यता माकजु उपकुलपति पदको ललिपपमा झुन्डिएका छन् भने उता प्रधानमन्त्री आफ्ना निकटका कलेजलाई सम्बन्धन  दिलाउन दिलोज्यान दिन लागिपरेका छन्। ती दुबै प्रमुख पदमा बसेका व्यक्तिहरूले आ-आफ्नो क्षणिक लाभमा भुल्दा देशको मेडिकल क्षेत्रमा भने दुरगामी असर पर्ने छ।

हालका प्रधानमन्त्री त स्वयम् गरिब र निमुखाका हकहितका लागि भनेर लामो लडाइँ लडेर आएका हुन्। तर, उनको ध्यान भने ती क्षेत्रका जनाताका लागि हुन सकेको छैन। बरु उनी आफ्नो सत्ता र शक्तिको भरपुर दुरूपयोग गरेर आफ्ना कार्यकर्ताको इच्छा पूरा गर्न हरसम्भव प्रायसरत छन्। उनलाई यो हतारो किन? सरकारले देशको सम्पूर्ण चिकित्सा क्षेत्रको सुधारको लागि भनेर चिकित्सा ऐन बनाउने काम अन्तिम चरणमा पुर्‍याइसकेको अवस्थामा हालका प्रधानमन्त्रीको निर्णयले उनको नियतमाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छन्।

विभिन्न बहाना र अवरोध गरेर चिकित्सा ऐन संसदबाट पारित हुन नदिने अनि अहिलेको तरल राजनीतिक स्थितिको फाइदा उठाउने प्रवृत्तिले लक्षित समूहलाई लाभ त पुग्ला तर त्यसले देशको समग्र चिकित्सा क्षेत्रमा भने दुरगामी प्रभाव पार्ने निश्चित छ।

सँधैंभरि आफ्नो स्वार्थपूर्तिका निम्ति मेडिकल कलेज खोल्ने परिपाटीले मेडिकल कलेजजति सबै सहरी क्षेत्रमा मात्रै थुप्रिने र ग्रामीण क्षेत्रका जनताहरू स्वास्थ्य सेवाबाट बन्चित हुने प्रवृत्तिले निरन्तरता पाउने छ। एकै ठाउँमा धेरै मेडिकल कलेज थुप्रिँदा त्यहाँ पढ्ने विद्यार्थीले प्रयाप्त बिरामीको अभावमा तिनले सिक्नुपर्ने जति सिक्न नपाउने स्थिति कायमै रहने छ। मेडिकल कलेजहरूको काम गुणस्तरीय चिकित्सकको उत्पादन गर्नुका साथै सस्तो मूल्यमा स्वास्थ्य सेवा पुर्‍याउनु पनि हो। तर, हाम्रो देशमा  अहिले खुल्न लागेका र खुल्न भनेर तयारी अवस्थामा रहेका मेडिकल कलेजहरूको स्थिति भने भिन्नै छ।

ती कलेज खोल्नुको मानसिकता पनि भिन्नै छ। अर्थात् ती कलेजहरू लगानीकर्ताहरुले आफ्नो स्वार्थपूर्ति गर्नका लागि चोर बाटोबाट खोल्न लागिपरेका छन्। तिनले मेडिकल कलेजलाई गुणस्तरीय चिकित्सक उत्पादन गर्ने र सुलभ स्वास्थ्य सेवा दिने थलभन्दा पनि आफ्नो कमाइ गर्ने थलोमा परिणत   गर्दैछन्। त्यसमा राजनीतिक दल अनि तीनका प्रधानमन्त्रीले मलजल गर्न सहयोग गरेका छन्।

विज्ञहरूको सुझावलाई कुल्चेर राजनीतिक दलहरूले नियम कानुन मिच्दै मनपरी मेडिकल कलेज खोल्दै जाने हो भने हाम्रो देशको स्वास्थ्य अनि चिकित्सा क्षेत्र तहस नहस हुने पक्कापक्की नै छ। जनताका लागि भनेर राजनीति गरेकाहरूले पनि सोच्नुहोस् आखिर किन तपाईंहरु नियम कानुन मिच्दै मेडिकल कलेजहरूलाई साथ दिँदै हुनुहुन्छ?

हालकै रफ्तार र स्थितिले मेडिकल कलेजहरू खुल्दै जाने  हो भने भोलिको स्वास्थ्य सेवाको अवस्था नाजुक हुने लगभग निश्चित छ। तसर्थ, आम जनसमुदाय, समाजका अगुवा, जिम्मेवार सञ्चारमाध्यम अनि राजनीतिक दल र तिनका प्रतीनिधिले भयाभह स्थिति आउनबाट रोक्न जरुरी छ। किनकि देशको स्वास्थ्य स्थितिको सुधारको माग गर्दै आएका डा. केसीलाई साथ दिन जरुरी छ। आजका दिनमा हामीले त्यो गर्न सकेनौं भने त्यसको प्रतिफल भोग्न हाम्रा सन्तति बाध्य हुनेछन्। आखिरमा अहिले खुल्न लागेका नयाँ मेडिकल कलेज कसका र के का लागि?

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा