अछामका विरामी अस्पताल

  • Get News Alerts

जब म घुम्दै गाउँको पाठशालामा पुगें
त्यहाँ देखें घामले पोलेर
छहारी खोज्दै
पाठशालाभित्र पसेर
मौनवाचन गरिरहेका गाई, बाख्रा र गोठालाहरु
र पाठशालाका कोठाभित्र बस्न नसकेर
बाहिर रुखको सियालमुनि
चर्न लागेका मास्टर र विद्यार्थीहरु।
‘साला पहाडमे क्या है’ जस्तो चर्चित कविता लेखेका शिक्षाविद् मीनबहादुर विष्टको उस्तै दमदार कविता ‘गाउँको स्कुल’का हरफहरु हुन् यी। तर वर्षौंअघि लेखिएका यी हरफबाट पाठशालालाई हटाएर स्वास्थ्यकेन्द्र अनि मास्टर र विद्यार्थीलाई हटाएर स्वास्थ्यकर्मी र बिरामी बनाउँदा पनि कविताको भावमा भने कुनै तात्विक फरक पर्ने रहेनछ। बरु गाउँको अर्को दुर्दान्त पाटो पनि उस्तै शक्तिशाली ढंगले उजागर हुने रहेछ। बिरामीको उपचार गर्ने ठाउँहरु कसरी आफैं बिरामी परेर थला परेका छन् र उपचारको पर्खाइमा छन् भन्ने देखाउँदो रहेछ।  
 
गाउँको अस्पताल
 
हेल्थपोस्ट भन्नुस् वा प्राथमिक स्वास्थ्य केन्द्र, उही वर्षौं पुराना र जीर्ण संरचना छन्। जनसंख्या छरिएर रहेको छ। एक ठाउँबाट अर्को ठाउँ पुग्नै घन्टौं लाग्छ। त्यहीमाथि मोटरबाटो छैन। हड्डी अलिकति भाँचिएको तर भाँचिएको टुक्रा यथास्थानमै रहेको बिरामी छ भने पनि ल्याउँदाल्याउँदै त्यो ‘डिस्प्लेस्ड फ्याक्चर’ भइसकेको हुन्छ। पूरै एक दिनको बाटो हिंडेर स्वास्थ्यसंस्था ल्याउनुपर्ने बाध्यतामाझ थाहा छैन, कति ‘इमर्जेन्सी केस’हरुका बाटामै प्राणहरण हुन्छ अनि कतिलाई गम्भीर ‘कम्प्लिकेसन’हरुले छोपेर जीवनभर अपाङ्गताको पीडा सहनुपर्छ।
 
जसोतसो गरेर बिरामीलाई बल्लतल्ल स्वास्थ्यसंस्था त पु¥यायो, स्वास्थ्यसंस्थामा भने डाक्टर नै हुँदैनन्। यो सधैंको अर्को जनगुनासो हो। तर सौभाग्यवस, सरकारी छात्रवृत्ति पाएर डाक्टरी पढेकाहरुले दुई वर्षको निम्ति खटाएको ठाउँमा अनिवार्य काम गर्नुपर्ने प्रावधानले आजभोलि कतिपय अति दुर्गम ठाउँमा पनि डाक्टरहरु देख्न पाइन्छ। ‘फलानो स्वास्थ्य केन्द्रमा पहिलोपटक डाक्टर’ खाले जतिपनि समाचार आएका छन्, तीमध्ये धेरैजसो यही प्रावधानअनुसार खटिएका छात्रवृत्ति डाक्टरहरु हुन्। तर पनि, गाउँमा डाक्टर पुग्नेबित्तिकै सबैथोक आफसेआफ छुमन्तर गरेजसरी ठीक हुने त अवश्यै होइन।
 
काँधमा एउटा झोला बोकेर जोकोहीको घरमा छिर्नासाथ उसले सबै रोगहरु ठीक पार्दिहाल्ने वा मर्नैलागेको बिरामीलाई जीवनदान दिइहाल्ने पनि होइन। एउटा डाक्टरलाई पनि काम गर्न उपकरण र औजारहरु चाहिन्छ, सहयोगी अरु स्टाफहरु चाहिन्छ, यथेष्ट औषधिहरु चाहिन्छ। उसलाई पनि आफ्नो काममा निक्खारता ल्याउन पर्याप्त सुविधा अनि अवसरहरु चाहिन्छ। गाउँले त ढिलोचाँडो यो कुरा बुझ्ला पनि, तर सहरको मन्त्रालयले चाहिँ खोइ कहिले बुझ्ने हो कुन्नि?
 
यही अछाममा ‘न्याय हेल्थ’ नाम गरेको आइएनजीओले चलाएको बयलपाटा अस्पताल छ। अछाम र आसपासका जिल्लावासीको लागि साँच्चै नै ‘न्याय’ गरेको छ यो अस्पतालले। सबै प्रकारका औषधि अनि सेवासुविधाहरु निशुल्क छन्। यहाँसम्म कि विशेषज्ञ सेवासमेत निशुल्कै उपलब्ध छ। अनि बिरामीहरु नओइरियून् पनि किन? तर मिलियन डलरको प्रश्न के भने त्यो अस्पतालको बराबरीमा हाम्रो सरकारी जिल्ला अस्पताल चाहिँ उभिन किन सक्दैन? एउटा अर्कै आइएनजीओका प्रतिनिधिले भन्थे, ‘उनीहरुसँग जति पनि बजेट छ। तपाईंहरुसँग छैन। फरक त्यसले पार्छ। सेवासुविधाहरु प्रशस्त दिएर राखेको छ, त्यसैले बसेका छन्, टिकेका छन् डाक्टर र विशेषज्ञ डाक्टरहरु। तर यता त्यस्तो छैन, अनि कोही किन मन गरोस्?’
 
होला, थोरबहुत फरक पैसाले अवश्य पार्ला तर सबै फरक पैसाले मात्र पार्ने होइन रहेछ। हो, जिल्ला अस्पतालमा हाम्रो राष्ट्रिय रोग ‘ग्यास्ट्राइटिस’का लागि हामी अलिक पुरानो औषधि ‘एसिलक’ दिन्छौं, उता बयलपाटाले नयाँ र बढी प्रभावकारी ‘ओमेप्राजोल’ दिन्छ। तर सरकारी अस्पतालमा औषधि नै नहुने वा सुको बजेट नआउने भन्ने त होइन। पैसा त यहाँ पनि आउँछ। तर मिलियन डलरको कुरा के भने, त्यो पैसाको, अन्य साधनस्रोतको र मानव जनशक्तिको कति समुचित प्रयोग र दुरुपयोग हुँदैछ, खास फरक त्यसले पार्दोरहेछ। अछाम जिल्ला अस्पतालमा डा. शरदचन्द्र बरालको टिमले कमाण्ड सम्हालेयता यो जिल्लाको समग्र स्वास्थ्यमा के कति सुधार हुन सक्यो, यहींका स्थानीय वासिन्दाहरुको मुखबाट त्यो सुधारकथा सुनिसक्दा प्रष्ट हुन्छ, गर्न चाहने हुटहुटी हुने हो र त्यहीअनुसारको नेतृत्वक्षमता र इमान्दारिता हुने हो भने सरकारी स्वास्थ्य सेवामा पनि कायापलट ल्याउन सकिन्छ र बयलपाटाको दाँजोमा जरुर पुग्न सकिन्छ।
 
गाउँका बिरामी
 
पुसको कठ्याङ्ग्रिने जाडोमा पनि दैनिक ७०÷८० जना बिरामीहरु आफ्ना समस्या लिएर ओपिडीमा आइरहेकै छन्। मेरो एक्सरा गराइदिनुस् हजुर, लादो (पेटलाई यताको स्थानीय भाषामा लादो भनिन्छ) मस्तै दुख्छ, मेरो भिडियो गराइदिनुस् हजुर भन्दै टाढाटाढाबाट एक्लै आउँछन् बूढीआमाहरु। कुक्रुक्किएर एउटै डल्लो परेका यी बूढीआमालाई दिन हामीसँग सबै औषधि छैनन्। सरकारले उपलब्ध गराउने सीमित औषधिहरु हुन्छन्, जो हामी यी बूढीआमाहरुलाई निशुल्क दिन सक्छौं। सीमित जाँचहरु हुन्छन्, ‘सिजारियन’लगायतका केही सीमित अपरेसनहरु पनि हुन्छन्। अस्पतालमै आएर सुत्केरी गराए प्रोत्साहनस्वरूप पैसा पनि दिइन्छ। गर्भवतीको अल्ट्रासाउण्ड पनि निशुल्कै हुन्छ। गाउँगाउँमा क्याम्प पनि भइ नै रहेको हुन्छ, कहिले भ्यासेक्टोमी क्याम्प त कहिले ‘पेल्भिक अर्गन प्रोल्याप्स’ क्याम्प। दक्ष प्रसुतिकर्मीबाट सुत्केरी गराउने सेवा मात्रै होइन, सुरक्षित गर्भपतनको सुविधा पनि अब त गाउँगाउँमै पुगिसकेको छ।
 
तर दुखको कुरा, यिनै सीमित सुविधामा पनि मान्छेका पहुँच छैन। न त मान्छेमा चेतना नै छ। रुखबाट लडेर खुट्टा भाँचियोस् वा भीरबाट खसेर करङ भाँचियोस्, उनीहरु तत्काल अस्पताल जाँदैनन्। व्यथाले बेस्सरी च्यापेर सहनै नसक्ने भएपछि मात्र अस्पतालको याद आउँछ। सरसफाइमा उस्तै बेपर्वाह छन् मान्छेहरु। छालाका अनेकथरी रोग पालेर बस्नु यिनको नियति बनेको छ। दर्जनौं गैरसरकारी संस्थाले चलाएका चेतनामूलक कार्यक्रम बालुवामा पानी खन्याएजस्तो मात्र किन भएका हुन्? प्रश्न गम्भीर छ।    
 
महिलाहरु त झन् फगत बच्चा जन्माउने मेसिनजस्ता मात्र प्रतीत हुन्छन्। सात महिने बच्चा काखमा खेलाउँदै गर्दा अर्को गर्भ बसिसकेको हुन्छ। अनि ‘बच्चा फाल्नुपड्यो सर, औषधि लेख्द्यौ’ भन्दै आइपुग्छन्। परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भनेर सम्झाउँदा ‘बूढा अब इन्डिया गइहाल्ने हुन् हजुर’ भन्दै हिच्किचाउँछन्। खोइ, कुन अजासुले भरिदिएको छ यिनका दिमागमा, कपरटी जस्ता साधन राख्यो भने पाठेघर फुट्छ भनेर! अनि, इन्डियालाई पानीपँधेरो बनाएका तिनै बूढाहरु हुन् जो फर्किंदा एचआईभीको कोसेली लिएर आउँछन् र जाँदाजाँदै आफ्ना श्रीमतीलाई मात्र होइन, नजन्मिएका सन्तानलाई पनि सारेर जान्छन्।
 
तर पनि सबैथोक ‘डिप्रेसिङ’ मात्रै छैनन्। गाउँगाउँका महिला स्वास्थ्य कार्यकर्ता र अन्य स्वास्थ्यकर्मीले जसरी ‘फिल्ड’मै खटेर काम गरेका छन्, त्यसका देखिने परिणामहरु पनि आएका छन्। मातृ मृत्युदर र बाल मृत्युदरमा आएको द्रूत गतिको सुधार अन्तर्राष्ट्रियरुपमै उदाहरणीय रहेको छ। कम्तीमा बच्चा पाउन नसकेर अबदेखि आमाले ज्यान गुमाउनुपर्ने छैन भन्ने एक किसिमको आत्मविश्वास छ जिल्लामा।  
यति हुँदाहुँदै पनि प्रश्न त उठी नै हाल्छ, स्वास्थ्य, शिक्षा र यातायात तीनवटै कुरामा अपेक्षित गतिले अघि बढ्न नसक्दा कसरी चलेका छन् त गाउँहरु र यहाँका गाउँलेहरु? सायद मीनबहादुर विष्टले त्यही कवितामा लेखेझैंः
 
जब म फर्किरहेको थिएँ
कसैले सोध्यो,
‘कसरी चलिरहेछ गाउँको पाठशाला?’
मैले भनें,
‘जसरी चलिरहेछ यो देश!’
(लेखक हाल जिल्ला अस्पताल अछाममा मेडिकल अधिकृतका रुपमा कार्यरत छन्)
 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट