बिपी केेमा चुके, केेमा चुकेनन्?

  • Get News Alerts

आजको दिनमा विपीमाथि समिक्षात्मक हिसाबमा केही लेख्ने प्रयत्न गर्नु एउटा सानोतिनो जोखिम मोल्नु जस्तो भइसकेको छ । उसैपनि नेपाली समाज जिवित ब्यक्तिको दानवीकरण र मृत ब्यक्तिको देवत्वकरणमा सिद्धहस्त छ । विपीले नेपाली समाजका यी दुबै अतिहरु बेहोरे । बाँचुन्जेल र मरेपछि पनि ।

फेरि हामीले जिवित विपीलाई जान्न पाएनौं । म जन्मेको तीन चार बर्षपछि नै बितिसकेका विपीलाई पढेर र उहाँसँग संगत गरेकाहरुलाई सुनेर विपीलाई जान्न सकियो अलिअलि । हामीभन्दा पछिको पुस्ताले या त मानिसहरुको रे मा या त लेख, पुस्तकहरुबाट विपीलाई जान्लान् ।

विपी बिसं १९७१ भदौ २४ मा जन्मिए । यो बर्ष विपीको जन्म शताब्दी पनि हो । राणाशासनबिरुद्ध जुधेका पिताजी कृष्णप्रसाद कोइराला र दिव्यकुमारीका माइला पुत्र विशेश्वर प्रसाद कोइराला कालान्तरमा नेपाली राजनीति र साहित्यलेखनमा एउटा सशक्त हस्तक्षेपकारी ब्यक्तित्वका साथ उपस्थित भए । उपन्यासै ६ वटा लेखेः तीनघुम्ती, सुम्निमा, नरेन्द्रदाई, मोदिआइन्, हिटलर र यहुदी, वावु, आमा र छोरा । दुईवटा कथासंग्रह निस्कियो: दोषी चश्मा र श्वैतभैरवी । आफ्नो कथामा जीवनी लेखे । मलाई उनको आफ्नो कथाले निकै तानेको छ । उनको देहन्तपछि निस्कियो आत्मबृतान्त, जेल जर्नल र फेरि सुन्दरीजल ।

साहित्यमा विश्वेश्वर प्रसाद कोइरालाले आङ्खनो सग्लो छवि र धार बनाए । आजपनि विपीलाई आर्दश मानेर उनको लेखन धार समातेर पछि लाग्ने नयाँ नयाँ लेखकहरुको कमी छैन । कतिपयले उनको लेखनलाई अराजकतावादी धारबाट संक्रमित भनेपनि त्यतिबेलाको नेपाली समाजको चेतनाको स्तरबाट तयस्तो टिप्पणी आएझैं लाग्छ । राजनीतिमा भने विपी निकै विवादित पात्रका रुपमा पढिन्छन्, साहित्यमा भन्दा ।
विपी देशमा शताब्दी भन्दा बढी समयदेखि बहिरहेको निरंकुशताको कालो खोलाको धार फेरिदिने आन्दोलनको अगुवा बन्छन् । मानिसहरु सत्ताबाहिर रहँदा क्रान्ति, परिवर्तन र विप्लवका चर्का कुरा गर्छन् र सत्तामा पुगेपछि लज्जावती झारझैं लल्याकलुलुक भएर बाहिरिन्छन् । विपी नेतृत्वको सरकारले २०१५ को चुनावी घोषणापत्रलाई सरकारमा पुगेर भटाभट कार्यन्वयन गर्न थाल्यो ।

सम्भवत जनताको छोराले सत्तामा बसेर गरिएको सबैभन्दा बैधानिक क्रान्ति विपी नेतृत्वको सरकारले गरेको बिर्ता प्रथा खारेज, राज्य रजौटा उन्मुलन लगायत थियो । २०१६ पौष १९ मा विर्ता उन्मुलन भएको घोषणा गरियो । राणाकालीन शोषणको सबैभन्दा बलियो जग विर्ता प्रथामाथि विपी सरकारले क्रान्तिकारी हस्तक्षेप गर्‍यो बैधानिक रुपमा । देशको कृषियोग्य भूमिको करिब ३६ प्रतिशत विर्तावालहरुको अधिनमा थियो । तराईमा बीरशम्शेर, चन्द्र शम्शेर, भीम शम्शेरको परिवारको नाममा मात्रै ३,६३,३६९ विगाहा जमिन विर्ताको रुपमा थियो । ठूला विर्तावालहरु सरकारलाई कर नबुझाई मोहीबाट प्राप्त कुतले ऐश आरामको जिन्दगी चलाइरहेको थिए ।

आजको दिनमा आफ्नो एकइन्ची स्वार्थमा दखल पुग्नासाथ प्रलय मच्चाउने सामन्त, जमिनदार, विर्तावालहरुले उतिबेला विपीको कदम बिरुद्ध कति आगो ओकले होला ? राजालाई विर्ता खारेजबिरुद्ध विन्तिपत्र चढाए । ठाउँठाउँमा सडक प्रदर्शन गरे । तर विपीले ‘हावा, पानी घाम र भूमिमाथि त्यसको अधिकार हुन्छ, जो त्यसको भोगचलन गर्छन् । भूमिमाथि जोत्ने किसानको हक हुनुपर्छ  । जबसम्म जोत्ने किसानको हक जग्गामाथि हुँदैन तबसम्म मलाई सन्तोष छैन (डा. सुर्यमणि अधिकारी, नेपाली कांग्रेसको इतिहास)’ भनेर विर्तावालहरुको सामना गरे । आज गरिखाने किसानहरुलाई एकधुर जमिन दिने बिषयमा विपीले खोल्नुभएको र लडेर जोगाउनुभएको पार्टी नेपाली कांग्रेसका नेताहरु सबैभन्दा बढी बिरोधीका रुपमा उभिन्छन् । विपीका सपना र आर्दशहरुलाई टुकुचमा फालेर विपी हिँडेको बाटोमा पदयात्रा गर्ने आडम्बरी भक्तिभाव देखाउँछन् विपीप्रति जसरी वामपन्थीहरु माक्र्सका फोटो टाँसेर खोलिएका पार्टी कार्यलयहरुमा बसेर सामन्तहरुको जस्तो जिविका चलाउँछन् ।

विपी सरकारले चितवनमा १८,५२२ सुकुम्वासी परिवारलाई पुर्नवास गरायो । आज हामीले दश बर्षसम्म लडेर सत्तामा पुर्‍याएका नेताहरुले सुकुम्वासीलाई बर्षे झरीमा पुलिस र डोजर लगाएर खोलातिरको झुपडीबाट निर्दयतापूर्वक लघारेको आफैंले देख्यौं ।

विपी सरकारको निणर्य ऐतिहासिक घटना थियो गरिखाने नेपाली किसानहरुको इतिहासमा । भब्य र शानदार क्रान्तिकारी कदम थियो । मुखले हैन, सत्तामा गएर, आन्दोलनबाट सत्तामा पुगेकाहरुले आजसम्म गरेको सबैभन्दा क्रान्तिकारी र सर्बहारा, किसान पक्षीय विप्लव थियो । बैधानिक विप्लव । त्यसपछि २०६४ जेठको १४ गते राती जननिर्वाचित संविधानसभाले मात्रै त्यस्तो क्रान्तिकारी घोषणा गर्न सकेको छ–देशलाई गणतन्त्रमा लैजाने घोषणा ।

२०६४ को फैसलाभन्दा ज्यादा जोखिम २०१६ को विर्ता उन्मुलन प्रकरणमा विपीले स्विकारेका थिए । राणाहरुले आङ्खनो सत्ता टिकाउन प्रभावशाली ब्यक्तिहरुलाई विर्ताको रुपमा दिइएको वनजंगललाई विपी सरकारले राष्ट्रियकरण गर्‍यो । त्यतिन्जेलसम्म पनि देशमा थुप्रै राज्य र रजौटाहरु थिए । मुस्ताङ्ग, गल्कोट, जाजरकोट, सल्यान, प्यूठान, दुल्लु, दर्ना, बाजुरा, बझाङ्ग जस्ता राज्य रजौटाहरुको आङ्खनै अदालत, माल र प्रहरीसमेत थियो । देशभित्रै थुप्रै समानान्तर राज्यहरु अस्तित्वमा थिए । रैतीलाई शोषण गर्थे । बच्चा जन्मिदा, विहेमा समेत शाषकलाई नजाराना चढाउनु पथ्र्यो । विपी सरकारले २०१७ जेठ १ मा दुल्लु राज्य अदालतसहित गुल्मी जाजरकोट, दाङ्ग, बझाङ्ग, फलावाङ्ग, गलकोट राज्य अदालत र गह्रौंकोट कचहरी खारेज गरि इलाका अदालत गठन ग¥यो । यसको बिरोधमा उत्रिएका बझाङ्गी राजाको विपी सरकारले दृढतापूर्वक सामना गर्‍यो । महेन्द्र कुनै न कुनै बहानामा जननिर्वाचित सरकारलाई फालेर सत्ताको एकाधिकार आफ्नो हातमा लिन चाहान्थे । विपीको विर्ता, राज्य रजौटा खारेज लगायतका निणर्यबाट चिढिएका सामन्तहरुलाई हातमा लिए । ठाउँठाउँमा तिनै विर्तावालहरुमार्फत सभा गराए र त्यसैको जगमा सैनिक कु गरेर जननिर्वाचित प्रधानमन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाए ।

आठ बर्ष जेल र आठ बर्ष प्रवास गरेर १६ बर्ष बिताएपछि विपी २०३३ पुष १६ मा राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्कन्छन् र फेरि जेल पर्छन् । उप्रान्त एकजना उच्चतम देशभक्त, नैतिक राजनीतिज्ञको जीवन ब्यतित गर्छन् । जीवनका सारा भोगाई, दुखसुख, मानअपमानले विपी निकै फरक विन्दुमा उभिन्छन् २०३३ पछि । निर्विविवाद एउटा दृढ निश्चयी, एकालयको राजनीतिमा सर्मपित गर्छन् आफुलाई क्यान्सरले समात्दासमेत । तर समग्रमा विपीको जीवन उनैले लेखेको प्रख्यात कृति तीनघुम्तीकी पात्र इन्द्रमायाले जीवनमा बेहोरेको अनगिन्ती घुम्तीजस्तो लाग्छ । आज केही मानिसहरु विपीलाई महामानव भन्न रुचाउँछन् । विपी कमजोरीहरुबाट मुक्त मानिस थिए जसरी ब्याख्या गर्न खोज्छन्, जुनकुरामा विपीले कहिल्यै विश्वास गर्नुभएन ।

विपीलाई पढ्दा विपिमा थुप्रै बिरोधाभाषहरु पाइन्छन् । नेपाली कांग्रेसको नाम राख्ने प्रकरणदेखि नै विपी विवादमा तानिन्छन् । उनका साथीहरु पार्टीको नाम प्रजापरिषद नै कायम राख्न जोड गर्छन् । खासगरि गणेशमान सिंहहरु । विपि भन्छन्–‘अरु जे राखे पनि हुन्छ तर कंग्रेस चाँहि जोड्नै पर्छ । गान्धी, नेहरु जस्ता भारतीय नेताहरुको समर्थन हासिल गर्न पनि कंग्रेस राख्नै पर्छ (नेपालमा प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, राजेश गौतम) ।’

विपीले प्रवासमा रहेका नेपालीलाई एकजुट भएर राणाबिरोधी आन्दोलनमा लाग्न र संगठित हुन अपिल गर्छन् । विसं २००३ कार्तिक १५ गते देवीप्रसाद सापकोटालाई सभापति र कृष्णप्रसाद भट्टराईलाई महासचिव बनाएर ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ स्थापना हुन्छ । विरामी सापकोटालाई सभापति थपना गरेर विपि त्यसको संयोजक बन्छन् । २००३ माघ १२ र १३ मा कलकत्ताको भवानीपूरस्थित खाल्सा हाइस्कुलमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको महाधिबेशन आयोजना हुन्छ । राममनोहर लोहिया लगायत समाजवादी नेताहरु शुभकामना दिन आउँछन् । उद्घाटन सत्रमा भारतको तिरंगा झण्डा फहराइन्छ । गणेशमान बिरोधमा उत्रन्छन् । नेपाल स्वतन्त्र राष्ट्र हो भन्दै अखिल भारतीय भन्ने शब्द पार्टीको नामबाट हटाउन पर्ने माग राख्छन् । झण्डाको बिरोध गर्छन् । विपि समारोह सभापतिको हैसियतले दोस्रो चरणको अन्तिम कार्यक्रमलाई सम्बोधन गर्दै भन्छन्–‘वास्तबमा नेपाल र भारत दुई देश हैनन् । के जातीय दृष्टिले, के आर्थिक दृष्टिले, के धार्मिक दृष्टिले, सबै दृष्टिले नेपाल भारतबर्षकै एउटा प्रमुख अंग हो । नेपाललाई भारतबाट भिन्न घोषित गर्नमा केवल बृटिश साम्राज्यवादको मात्र लाभ छैन, बरन् यसैमा राणाहरुको अस्तित्व समेत कायम छ । यसको मुलमा कुटनीतिक र स्वार्थी राजनीतिज्ञहरुको चालवाजी मात्र छ । नेपाल स्वतन्त्र भन्नु गलत हो (राजेश गौतम, नेपालमा प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस) ।’

फेरि पनि गणेशमान विरोधमा उभिन्छन् । उनलाई सूर्यबहादुर भारद्धाज, सुन्दरराज चालिसे, डिवी परियारले साथ दिन्छन् । विवाद बढेपछि नेपाल स्वतन्त्र छ छैन भन्ने कुरा राणाशाही खत्तम भएपछि जनमत संग्रह गरि निणर्य गर्ने प्रस्ताब गरिन्छ । तर गणेशमानहरुको तिब्र बिरोधका कारण आङ्खनो भनाई फिर्ता लिँदै नेपाल स्वतन्त्र नै छ भन्ने कुरा स्विकार्छन् विपी । तिनै विपी राणा शासन ढलेर गृहमन्त्री भएको बेला भारतीय राजदुतलाई खुला विज्ञप्ति जारी गरेर चुनौती दिन्छन्–‘राजदुतले आफुलाई यहाँ बसेर हिन्दुस्तानको डिस्ट्रिक्ट बोर्डको चेयरमेनजस्तो ठान्नुहुँदैन ।’ एकातिर त्यसरी विज्ञप्ति जारी गर्छन् अर्कोतिर मोहन शम्शेर नेतृत्वको सरकारको सेक्रेटारियट गठनको काममा सघाउन भारतीय सहयोग भित्र्याउँछन् । आत्मबृतान्तमा उनी भन्छन्–सेक्रेटारियट गठनको काममा सहयोग गर्न हिन्दुस्थानबाट हामीले दुईतीन जना बोलायौं । तर त्यो काम ठीक गर्‍यौं कि बेठीक त्यो त इतिहासले बताउला ।’

उनी विदेशीसँग पैसा माग्छन्, हतियार माग्छन् नेपालको क्रान्तिको लागि । विपीको त्यही सिप सिकेर पछि पुष्पकमल दाहालहरु निवेदन लेखिलेखि भारतमा आश्रय लिन्छन् र नेपालमा हामीलाई लडाउँछन् । विपी भन्छन्–अरुको शर्त नमानी सहयोग लिन सकिन्छ । तर यो दुनियाँमा शर्त नराखी, विनास्वार्थ जोखिम मोलेर एउटा देशको विद्रोहीलाई कसले पो हतियार देला र ? २०१७ को कु पछि आठ बर्ष जेल बसेर भारत जान्छन् उनी । भारतीय विशेष पासपोर्ट बोकेर एउटा सार्वभौम मुलुकको भूतपूर्व प्रधानमन्त्री यूरोप भ्रमणमा निस्कन्छन् । बेल्जियमको एउटा होटलमा महिनादिनसम्म बसेर बेलायतकोे भिषा कुरिरहन्छन् । बडो अपमानपूर्वक । जहाँ जहाँ पुग्छन्, पैसा र हतियार माग्छन्, देशको अस्मिताको समेत ख्याल नगरेर । मलाई लाग्छ विपी ती कुराहरुमा चुकेका छन् । आफैंलाई उनले घरिघरि प्रश्न पनि गरेका छन्–मैले यो ठीक गरें कि बेठीक गरें भनेर ।

जेलमा बस्दा र भारतमा बस्दा पनि उनी भारतले आफ्नो आन्दोलनमा सरसहयोग गरिदेओस् भन्ने चाहन्छन् । २००७ को दिल्ली सम्झौता मार्फत विपी, दरवार र राणाहरुले नेपाली राजनीतिमा खुलेआम निम्त्याएको भारतीय सक्रियताबाट आज देश शिथिल बनिसकेको छ । उनी अनिच्छापूर्वक भएपनि दिल्लीलाई स्विकार्छन् । नकार्दैनन् । इन्दिरा गान्धीसँग बोलचालै बन्द भएर भारतमा निकै नै अपमानित हुन थालेपछि नेपाल फर्कन्छन् राष्ट्रिय मेलमिलापको नीति लिएर । उनको मेलमिलापको नीतिमा देशलाई निरंकुशताको प्रयोगशाला बनाउने दरवार मात्रै देखिन्छ । महेन्द्रले कु गर्न लाग्दा, विपीकै दाजु मात्रिकाले विपीबिरुद्ध अभियान चलाउँदा विर्नाशर्त विपीको समर्थन गरेका कम्युनिष्टप्रति आश्चर्यजनक तवरमा उनको मनमा रहेको आग्रह जीवनपर्यन्त कायम रह्यो र त्यही नकारात्मक आग्रहले देशमा निरंकुशताको आयु लामो बनेर अडियो । विपीले कम्युनिष्टहरुविरुद्ध राखेको आग्रहको सिरानी हालेर आजपर्यन्त खुम बहादुर खड्काहरु कम्युनिष्टहरुको बिरोधमा छन् । विपीले रोपेको वामपन्थीहरुविरुद्धको मनोमालिन्यको चेतनालाई गणेशमानले सहजतामा बदले र दाजुको ‘स्कुल’मा पठित भएर कुनै समय माले मण्डले र मशाले एकै हुन् भन्ने गिरिजाप्रसादले निकै नै असाधारण तवरले त्यो दुरीलाई घटाउने भूमिका खेले । जबजब कांग्रेस र कम्युनिष्ट मिले पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो । मिलेनन् दरवार बलियो भयो, जनमतसंग्रहमा पञ्चायतले जित्यो ।

विपी सशस्त्र संघ्रर्षमा पार्टीलाई होम्न समेत डराउँदैनन् । हिंसालाई उनी सापेक्षतामा स्विकार गर्छन् । अनिवार्यताको हदसम्मको हिंसालाई स्विकार्छन् । उनी लेख्छन् पनि जेल जर्नलमा–‘कुनै आर्दशका खातिर जानीजानी कसैले मृत्युलाई अंगीकार गर्छ भने त्यस्तो मृत्युमा हिंसा रहँदैन, केवल वलिदान रहन्छ ।’ पार्टीले आङ्खनो पल्टन राख्नुपर्ने विश्वासमा विपी धेरै पछिसम्म अडिन्छन् । आम जनतालाई अमेरिकामा जस्तो हतियार राख्न दिनुपर्ने कुराको उनी वकालत गर्छन् । नागरिकलाई स्वीट्जरलैण्ड, इजरायलमा जस्तो शैन्य तालिम दिने र मास मिलिसिया बनाउने धारणा राख्छन् विपी । विपीको समय र अहिलेको समयमा हाम्रो सेनाको स्तर, छिमेकीको हामीप्रतिको रबैया कति फेरियो यसको पनि मूल्यांकन होला । तर एउटा निश्चित नियमित फौजले लडेर हाम्रो देश जोगिनेवाला छैन । विपीले उहिल्यै सोचिसकेको विषय अहिले संविधानसभामा आउँदा विपीको फोटो भएको लकेट छात्तिमा टाँसेर हिँड्ने विपीका अनुयायीहरु घोर विरोधमा उत्रिएका छन् । मिलिसियाको त के कुरा, आज जोत्नेलाई जमिन दिने कुराको सबैभन्दा बिरोधीको रुपमा विपीहरुले नै जन्माए, हुर्काएको पार्टी नेपाली कांग्रेस बनेको छ ।

धेरैपछिसम्म पनि विपीलाई नेपालको शाही सेनाप्रति गुनासो रहिरहन्छ । त्यो सधैं अभिजातहरुको पक्षमा उभिएको विपीले देखे, भोगेका थिए । विपी सुन्दरीजलको बन्दीगृहमा थक्थकाउँछन् मुक्ति सेना विघटन गरिएकोमा । जेलजर्नलको पृष्ठ १५६, १५७ मा विपी थक्थकाउँछन्–‘अक्षम्य भूल यही भयो कि पल्टनपट्टी हामीले ध्यान दिएनौं ।’ सेनालाई सिंहदरबाट झिकेर नारायणहिटीमा राख्ने निणर्यले पनि विपीलाई पछिसम्म पछुतो भइरह्यो । आत्मबृतन्तमा लेख्छन्–मेरो अज्ञान! त्यसदिनदेखि राजाको हात माथि पर्‍यो र प्रजातन्त्रको हात तल । त्यो पल्टन हातमा आउने वित्तिकै देखि राजाको प्रबृत्ति अर्के भयो । त्यसदिनदेखि राजा वलिया भए ।

घोडा चढ्ने मान्छे लड्छ । जमीनमा घुँडा टेकेर बस्ने मान्छे कहिले पनि लड्दैन भनेर पिताजी कृष्ण प्रसाद कोइरालाबाट ज्ञान पाएका विपी जीवनका उतारचढावबाट हरेस खाँदैनन् । कमजोरी र गल्तीबाट सिक्छन् र २०३३ पछि एकजना सच्चा देशभक्त र कर्मठ राजनीतिज्ञको रुपमा आफुलाई उभ्याउँछन् । अहिले विपीले जीवनमा अपनाएको निष्ठा, विचार र प्रतिज्ञाको एउटा छेउपनि भेउ नपाउने कांग्रेसीहरु फलाक्छन् महामानव विपी कोइराला । विपीले जीवनभर विभेदहरुको विरुद्ध लडे । सामन्तवादविरुद्ध लडे । तर अहिले केही मानिसहरु विपीलाई महामानव भनेर बाँकी मानिसलाई झुर करार गर्ने दुख बेसाउने रहरमा लागेका छन् । केही मानिसलाई महाराजा, महानायक, महामानव, महासन्त भनेर बाँकी मानिसभन्दा माथि देखाउने र हियाउने काम सामन्ती चेतनाको उत्कट स्वरुप हो । जसको बिरुद्ध विपी आफैंले लडे ।
विपी निश्चित योग्यता र कमजोरी सहित उभिएका मानिस थिए । उनमा स्वाभावगत मानवीय कमजोरी र विशेषताहरु थिए । आशा र निराशा दुवैले चुमेका मानिस थिए । असल र खराबको बाटोबाट गुज्रिएका मानिस थिए, जसले सुख र दुखलाई अरुले जस्तै अनिवार्य घटनाको रुपमा जीवनमा स्विकार गरे । उनी थुप्रै आंकाक्षाहरु पाल्छन् मनमा, ती हुर्कन पाउँदैनन् । योजना बनाउँछन्, सफल हुँदैन । सोच्दैनसोचेका घटनाहरुबाट गुज्रिनुपर्छ उनले । हो उनी लाखौंलाख मानिसहरुको भीडमा प्रष्ट देखिने मानिस थिए । युद्धमा लागेर लडेका, मरेका, संघ्रर्ष गरेका हजारौं मानिसहरुको योगदानको बलमा सबैले देख्ने गरि उभिएका छन् विपी ।
जेलमा तरकारी नमीठो भएको कुराले पनि वीपीलाई दुखाउँछ । उनी वजिरहेको रेडियोप्रति पनि क्रोधित हुन्छन् र फुटाईदिउँ जस्तो लाग्छ । बारम्वार धोका दिने राजाप्रति पासविक प्रतिहिंसाको क्रोधित तरंगले मनलाई सिंचित गराउँछन् । सुखदुख, मर्यादाअमर्यादा खेपेर नै मानिस दृढ चरित्रको हुन्छ भन्ने विश्वास गर्छन् । जोगाएर राखिएको ब्यक्तित्व दह्रो हुँदैन, गमलामा उमारेर उष्णगृहमा राखिएको विरुवाजस्तो हुन्छ भन्ने विश्वासमा स्वयं विपी अडिन्छन् ।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा