रञ्जु र रेणु दुवै परिवर्तनका प्रतीक हुन्

  • Get News Alerts

जर्जर भइसकेको एकात्मक राज्य व्यवस्था परिवर्तनको एउटा सानो फिलुन्गोबाट पनि कति आत्तिन्छ भन्ने उदाहरण अहिले हुँदै गएको निर्वाचनमा देखियो।

रन्जु दर्शना र रेणु दाहालका बारेमा सार्वजनिक रूपमा गरिएका टीका टिप्पणीहरु, रन्जुको चुनाब चिन्ह इस्टकोटलाई केन्द्रित गरिएका लेखहरु, रेणुको पारिवारिक सम्बन्ध तथा उनीहरुसँगको उनको व्यक्तिगत सम्बन्धलाई केन्द्रित गर्दै रंगिएका सामाजिक संजालका भित्ताहरु यही मानसिकताको उपज हो भन्ने मलाई लागेको छ। मानव मनोविज्ञान शास्त्र भन्छ, 'मानिस त्यति खेर मात्र सम्बन्धित व्यक्तिका बारेमा सबभन्दा बढी चर्चा गर्छ, जब ऊ सम्बन्धित व्यक्तिबाट या त बढी डराएको हुन्छ वा उक्त व्यक्तिलाई सबैभन्दा धेरै माया गर्छ।’ रन्जु दर्शना वा रेणु दाहाललाई माया गरेर त्यस्ता उद्गारहरु ब्यक्त गरिएका होइनन् भन्ने हामी सबैलाई थाहा छ।

लामो समयदेखि स्थापित संरचना भत्किने संघारमा पुगेपछि त आफूलाई जोगाउन जे पनि गर्न सक्छ भन्ने उदाहरणहरु हाम्रो देशमा प्रसस्तै छन्। कहिले काहीँ त यस्ता ब्यवहारहरु हाम्रो जीवनको पाटो नै भै सकेका हुन कि जस्तो लाग्छ। यो अवस्था अहिले रन्जु र रेणु जस्ता परिवर्तनको संकेतका रुपमा उभिएका महिलाहरुका बिरुद्ध सुन्दै पनि, पढ्दै पनि आफैंलाई लाज लाग्ने शब्दहरु बमन गर्नेहरुले समेत भोगेकै हुनुपर्छ। जर्जर सामन्ती, एकात्मक तथा पञ्चायती ब्यवस्ताबाट आज लोकतन्त्रका नायक भनिनेहरू को मात्रै पीडित भएनन् होला र?

अहिले देशमा लोकतन्त्र आएको छ। तर, मेरो लागि अहिलेको स्थानीय निर्वाचनमा भएको रन्जु दर्शनाको इस्टकोट, रेणु दाहालको पहिचानकेन्द्रित बहस यस्तै एउटा परम्पराको निरन्तरता हो। हामीकहाँ वर्षौंदेखि सत्तामा हालीमुहाली गर्ने एउटा वर्ग छ, समानताको बारेमा भाषण गरेर नथाक्ने तर समानता भयो भने आफूले खाईपाई आएको हराउँछ कि भनि डराउने समूह छ। रन्जु र रेणुको राजनीतिमा प्रवेशले यस्ता समूह भित्रैदेखि आत्तिएका देखिन्छन्। जब मानिस आतिन्छ तब उसले धैर्य हराउँछ। उसको बिबेकले काम गर्न सक्दैन। उस्को अहंकारमा चोट लाग्छ। अनि ऊ आफ्नो अहंकारलाई जोगाउन उसलाई नै पनि कालान्तरमा पीडा हुने, उसको आफ्नै व्यक्तित्व खण्डित हुने काम समेत गर्न पुग्छ।

अहिले, सामाजिक सञ्जाल केन्द्रित बहसहरु, अनि बेला बेलामा पत्र पत्रिकामा देखिएका लेखहरु यस्तै डराएको बेला ब्यक्त गरिएका अभिव्यक्तिहरु हुन् भन्ने मेरो मान्यता छ।

त्यसैले मलाई यो निर्वाचनमा रन्जु दर्शनाको इस्टकोट तथा रेणु दाहालको पहिचानसँग जोडेर गरिएका बहसहरुले पीडा पुर्‍याउने भन्दा पनि अब देशमा परिवर्तन टाढा छैन भन्ने संकेत मिलेको छ। अचम्मको शान्ति अनुभूति भएको छ। अब देश साचिक्कै परिवर्तन हुन सक्ने स्थितिमा पुगेछ भनि ढुक्क हुन मन लागेको छ। पञ्चायती थोत्रो व्यवस्था थेग्नेहरु भित्र रहेको डर र अहिलेको थोत्रिसकेको पितृसत्तात्मक व्यवस्था थाम्नेहरु भित्र रहेको डरमा मैले समानता पाएकी छु। फरक यत्ति छ त्यतिखेरमा बोल्न सक्दिन थिएँ, अहिले म बोल्नु सक्छु।

त्यतिखेर मसँग मेरो अधिकारको लागि लड्न सक्ने नत सामर्थ्य थियो न त वातावरण। तर, अहिले देशमा लोकतन्त्र छ। आफूमाथि गरिएको अन्याय सहेर भए पनि, आफ्नो पीडा पन्छाएर भए पनि देशका सबै नागरिकहरुलाई अन्याय र पीडाबिरुद्ध बोल्न सक्ने बनाउने अठोट बोकेका बलिदानी कार्यका कारण स्थापित लोकतन्त्र। देशका सबै नागरिकहरु मिलेर ल्याएको लोकतन्त्र।

त्यसैले आज म र म जस्ता लाखौ नेपाली नागरिकहरु म जस्ता को अधिकार सुनिश्चित गर्ने लडाईमा होम्मिनेहरु विरुद्धको प्रहार सहन हिजोजस्तो बाध्य छैन। यो हरेक आफूलाई सचेत भन्नेहरुले बुझ्नु जरुरी छ।

रन्जु दर्शना र रेणु दाहाल प्रतिनिधि पात्र मात्रै हुन्। देशमा अहिले २१ देखि माथिमा यस्ता धेरै युवा महिलाहरू राजनीतिमा प्रत्यक्ष सहभागी भएर आएका छन्। यिनीहरू फरक फरक तरिकाले राजनीतिमा आएका भए पनि यीनको बिचमा एउटा समानता छ, त्यो हो अब देश हाक्नका लागि महिला त्यसमा पनि युवा महिला तयार छन् भन्ने सन्देश। अहिलेको निर्वाचनमा भएको यिनीहरुको संलग्नताले यो सन्देश देशभर पुर्‍याएको छ। यसले महिलाहरू, युवाहरुलाई सशक्त बनाएको छ। अहिले देशले खोजेको वातावरण तयार गर्ने काम गरेको छ। रन्जु दर्शनालाई हजारौ परिवर्तन कामी युवाहरु तथा राजनीतिक बातावरणमा परिवर्तन आवस्यक छ भन्ने जमातको समर्थन छ। युवा उमेरमै देशमा परिवर्तनका लागि चलाइएको आन्दोलनहरुको अनुभव छ।

राजनीति देशलाई राम्रो बनाउने कला हो भनि कलात्मक ढंगले ब्याख्या गर्ने सिप पनि छ। त्यही सिपअनुसार काम गर्छु भन्ने अठोटका साथै सक्छु भन्ने आँट छ।

त्यसैगरी रेणु दाहाल, जसलाई अहिले प्रधानमन्त्री प्रचण्डको पुत्रीको रुपमा मात्रै हेरिएको छ, आफैं राजनीतिक आन्दोलनमा होमिएर, विभिन्न दु:ख र हण्डर खाएर आएकी रेणु दाहालको आफ्नै पहिचान छ। उनी प्रचण्ड पुत्री मात्रै होइनन। उनि एक संघर्षशील, लडाकु महिला पनि हुन्। सानो कलिलो उमेरमा आफुले पाउनुपर्ने अधिकारहरुबाट बन्चित हुँदै देशमा परिवर्तनको आधार तयार गर्न लागेकी महिला हुन्।  यो प्रधानमन्त्री प्रचण्ड लगायत अरु उनलाई सहयोग गर्ने नियतले होस् वा बदनाम गर्ने नियतले होस् लागेका सबैले बुझ्न जरुरि छ। हरेक पिताले आफ्नो पुत्रीलाई माया गर्छन तर कहिले कहिँ पिताको संलग्नताका कारण पुत्री अझ अप्ठ्यारो स्थितीमा पर्न सक्छ भन्ने लागेमा पिताले पुत्री मोह छोड्न पर्छ। नत्र त्यस्तो मोह, महाभारतमा धृतराष्ट्रको दुर्योधन प्रतिको मोह, जसले दुर्योधनको मात्रै होइन हस्तिनापुर समेतको नास गर्यो त्यस्तो हुन सक्दछ।

गर्व लाग्दो कुरा के छ भने अहिले देशमा रन्जु दर्शना र रेणु दाहाल जस्तो परिवर्तनको बिगुल बजाउन तयार हुने हजारौंको जमात तयार भएका छन्/हुँदै छन्। यिनले धेरै लामो समयदेखि लोकतन्त्रका लागि लागेका मानिसहरु भित्र युवाहरु, महिलाहरूले राजनीतिमा इच्छा जाहेर गर्दैनन्, गरेपनि सक्दैनन् भन्ने सोच गलत हो भन्ने पुष्टी गरेका छन्। अब हाम्रो देशको लोकतान्त्रिक पद्दतिलाई कसले हुर्काउला भन्ने चिन्तालाई समाधान गर्ने प्रयास गरेका छन्। तिनले अबको राजनीति तिमी-हामी जस्ता युवाले अनि देशमा ५१ प्रतिसत जनसंख्याको रुपमा रहेका महिलाले गर्नु पर्छ अनि मात्रै हाम्रा अग्रजहरुले दु:ख गरि स्थापित लोकतन्त्र दिगो हुन्छ, सहि अर्थमा सार्थक हुन्छ भनि युवालाई/महिलालाई राजनीतिमा लाग्न प्रोत्साहित गरेका रहेका छन्।

सहि अर्थमा यो जमातलाई, साँचिकै राजनीतिज्ञ, लोकतन्त्रमा विश्वास राख्ने व्यक्तिले सम्मान गर्नु पर्ने हो, तर बिडम्बना यहाँ त आफुलाई ठूलो लोकतान्त्रिक नेता भन्न ठान्नेहरु नै उनको बिरुद्धमा खनिएका छन्। लोकतन्त्रका लागि अलिकति पनि नसुहाउने, अझ भनौ कुनै पनि हालतमा सभ्य कहलिने मानिसहरुबाट प्रयोग गर्न नमिल्ने शब्दहरु उनको बिरुद्धमा खानाइएका छन्। विभिन्न तवरले रन्जु दर्शनाको इस्टकोटको लम्बाई चौडाई नाप्ने कोशिश गरियो/गरिँदैछ। रेणु दाहाललाई उनको आफ्नो स्वतन्त्र अस्तित्व नै स्वीकार नगरी प्रधानमन्त्री पुत्रीको रुपमा मात्रै स्थापित गर्ने कोशिश गरिंदै छ। यो स्पस्टरूपमा महिलालाई राजनीतिमा गरिएको हिंसा हो। हतोत्साहित गर्न गरिएको प्रयास हो। लोकतन्त्रका लागी यो भन्दा पीडादायी अरु के हुन सक्ला ?

रन्जु दर्शनाको चुनाब चिन्ह इस्टकोट निर्वाचन आयोगले दिएको चिन्ह हो। तर, पनि मलाई त्यो चिन्ह शायद उनको शरीरमा परेरै त्यस्तो अनुभूत भएको होला, सचिक्कै एउटा परिवर्तनको चिन्ह जस्तो लाग्छ। अहिले सम्म महिलालाई दिएको दिने गरेको पहिरनमा परिवर्तन। रन्जु दर्शनाको छोटो कपाल, आकर्षक व्यक्तित्व, एकल आमाको आधारमा भएको पहिचान सबै नै यो देशलाई संचिक्कै कहाँ कहाँ र कसरी रुपान्तरण गर्न आवस्यक छ भन्ने सबैमा स्पस्ट संदेश दिन सक्ने नमूना हो जस्तो मलाई लग्दछ। त्यसैले होला शताब्दियौं देखि महिलालाई दाशी, युवा पुस्तालाई आफ्नो पछि लगाउन मात्रै मिल्ने समूहको रुपमा हेर्ने बानी परेकाहरुलाई उनको उमेर, रुप, पहिचान  र सान्केतिक चिन्ह इस्टकोट खपी सक्नु नभएको।

त्यसैगरी रेणु दाहाल प्रचण्डपुत्री हुन्, कोही पनि कसैको पुत्री हुने वा नहुने भन्ने कुरा उसमा भर पर्दैन। अहिले उनको पिता प्रधानमन्त्री छन्। यदि उनले पिताको शक्ती नै लगाएर आफ्नो पहिचान बनाउन खोजेकी भए विभिन्न राजनीतिक नियुक्ति लिन सक्थिन होला तर होइन उनि अहिले निर्वाचन मैदानमा छन्। यसले के देखाऊ छ भने उनि आफ्नो पहिचान आफै बनाउन चाहन्छिन। मलाई कसैको पुत्रीको रुपमा मात्रै चिन्ने होइन मेरो कामको आधारमा चिन्नुस भन्ने उनले उदघोस गरेकी छन्। यो आफैमा परिवर्तनको लागि ठूलो आधार हो। महिलाको स्वतन्त्र  पहिचान हुन्छ भन्ने संदेश  हो। यस्तो संदेशको झंकार नै परिवर्तनको आधार हुन्छ र भएको छ।

अझै पनि काठमाडौँ र चितवनको मतगणना हुँदैछ तर पनि लाग्दछ उनीहरु चुनाब हार्दैछन्। उनीहरु चुनाव हार्दा धेरैलाई खुसी पनि लाग्छ होला, तर म रन्जु र रेणुलाई भन्न चहान्छु तिमीहरू हारे पनि जित तिमीहरू कै हुनेछ। जिते त कुरो नै अर्कै भयो। तिमीहरूको उम्मेदबारी, तिमीहरु बोलेका शब्दले पुर्याएको चोटले  नै जर्जर थोत्रो सत्ता कामेको छ। नयाँ पिडिलाई, ती सम्पूर्ण महिलाहरु जसलाई आफू स्वतन्त्र महिलाको रुपमा उभिन खोज्दा संरचनाले थिचेको अनुभूत गर्छन्, तिमीहरूले नयाँ रक्त संचार गराएका छौ। यो, लामो समय देखि प्राप्त सत्ताको शक्ति, विभिन्न प्रकारले प्राप्त असिमित श्रोत, एकतर्फी प्रचार जस्ता कारणबाट प्राप्त शक्तिको सहयोगबाट जितेको भोट भन्दा तिमीहरुले प्राप्त गरेको भोट बढी प्रभाबकारी छ प्रभाबकारी हुनेछ।

त्यसैगरी म रन्जु दर्शनाको इस्टकोट नाप्नेहरु र रेणु दाहालको स्वतन्त्र पहिचान नस्वीकार्नेहरुलाई भन्न चहान्छु, कि रन्जु दर्शनालाई काठमाडौँ बासीले तथा रेणु दाहाललाई चितवनबासीले दिएको भोट परिवर्तनको चाहना राख्नेहरुको भोट हो। यो नत काठमाडौँ निवासीले निर्वाचनलाई ठट्टा मानेर उत्पन्न परिणाम हो, न त अघाएको समाजले लोकतन्त्र माथि गरेको ठट्टा नै। मेरो विचारमा त यो साँच्चिकै लोकतन्त्र सहि रुपमा अनुभूत गर्ने चाहना ब्यक्त गरेको स्थिति हो। यो त अब पुरानाले लोकतन्त्रलाई दिगो बनाउन सक्दैनन् भनि दिन खोजेको सचेत संदेश हो।

अहिले देशलाई राजनीति भनेको देशलाई रुपान्तरण गर्ने कला हो भन्ने मान्यताका साथ देशलाई आफ्नो कलाकारिताका साथ रुपान्तरण गर्न सक्ने पुस्ता चाहिएको छ। त्यो पुस्ता रन्जु दर्शनाको पुस्ता हो। मेरो आफ्नै  पहिचान छ भनि उद्घोष गर्न सक्ने रेणु दाहाल जस्ता महिलाको पुस्ता हो। त्यसैले अब महिला लाई अहिलेसम्म दबाउदै आएको, महिला को पहिचान लाई उसको कुमारीत्व र अभिभावकत्वको वोरी परि राख्दै आफु अनुरुप ब्याख्या गर्ने समाज पिडा ले अत्तालिएको छ, धैर्यता गुमाएको।  तर अब उसले के याद गर्नु पर्छ भने परिवर्तन को बिगुल कुनै पनि रुम मा , न त रोकिएको थियो नात रोकिने छ !!

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट