रञ्जु, तिमीले जित्यौ!

SAMSUNG
  • Get News Alerts

baleno
tata

तिमी मलाई सजिलै हराउन सक्छौ तर सजिलै जित्न सक्दैनौं। तर ... रञ्जु, तिमीले मलाई जित्यौं।

कसैलाई हराउने हैन, धेरैलाई जित्ने युद्ध लड्यौं, रञ्जु तिमीले। त्यही युद्ध जित्यौं। मलाई मात्र हैन, मजस्ता हजारौं ‘म’हरुलाई जित्यौं।

तिमी हारेकी छैनौ। तिनीहरु हारेका छन्, जसले सधैं जितेँ भन्ठानेका छन्। सधैं अरुलाई हराएर आफूले जितेकोमा गर्व गरेका छन्। अरुलाई हराएर गर्व गर्नेहरुले लाखौंलाई हराए तर तिमीजस्ता युवालाई जित्न सकेकन्।

ती लाखौं भनेको तिनै जनता हुन्, जसले आफू हारेको कहिल्यै भेउ पाउन सकेनन्। तिमी त्यही विजेता हौ, जसले कसैलाई नहराई धेरैलाई जित्यौं। तिम्रो र उनीहरु बीचको जितको भिन्नता पनि यही हो।

तिमीले हारेकी छैनौ। तिम्रो आत्वविश्वास, तिम्रो साहस र तिम्रो उत्साहले जितेको छ। यो जित तिम्रोमात्र हैन, तिमीजस्ता हजारौं युवाहरुको पनि हो। बाटामा हिड्ने धेरै हुन्छन् तर बाटो देखाउने एउटा हुन्छ। तिमी त्यही बाटोको एउटा पथप्रदर्शक बन्यौं, जसले देशका युवाहरुलाई नयाँ बाटो देखाएको छ। हामी पनि सक्छौं भन्ने आत्मविश्वास जगाएको छ। युवा जागरणमा नयाँ युग आएको छ। के यो जित हैन, रञ्जु ?

नारीवादको घेराभित्र तिमीलाई राखेर हेर्ने आँखा पनि धेरै छन्। त्यसैमा गर्वमात्र गर्नेहरु पनि छन्। तर, चाहे त्यो नारी होस्, चाहे त्यो पुरुष ! कुनैपनि आत्मविश्वासी कुनै वादको घेराभित्र बाँधिदैन। आत्मविश्वासी नारीलाई समाजको कुनै पर्खालले छेक्न सक्दैन भन्ने कुरा पनि तिमीले देखाइदियौं। नारीवादको परिभाषा अगाडि एउटा ठूलो प्रश्नचिन्ह उभ्याइदियौं। यो प्रश्नचिन्ह आफैंमा एक परिवर्तन हो। रञ्जु, यो परिवर्तन आफैंमा एउटा ठूलो जित हो कि हैन ?

अरुलाई जित्न सकिन्छ तर आफैंलाई जित्न सकिदैन। जसमा आत्मविश्वास छ, उसैले आफूलाई जितेको हुन्छ। जीवनमा त्योभन्दा अर्को ठूलो जित कुनै हुदैन। जुन दिन तिमीले राजधानीको महानगरको कुर्सीमा आत्मविश्वासका साथ धावा बोल्यौ, त्यही दिन तिमीले जितिसकेकी थियौं। हो, रञ्जु तिमीले जितिसक्यौ।

मान्छे उमेरले हैन, आत्मविश्वास, साहस र विचारले परिपक्व हुन्छ। यही कुरा तिमीले देखायौ, रञ्जु। हो, हामी धेरैलाई यो कुरा बुझ्न अझै धेरै समयल लाग्न सक्छ तर तिम्रो आत्मविश्वास नै तिमीप्रतिको हाम्रो विश्वास हो। त्यो विश्वास नै तिम्रो जित हो।

समाज आजको भोलि परिवर्तन हुदैन। समाजमा परिवर्तन चाहनेलाई हेपिन्छ, खिस्सी गरिन्छ, हाँसोको पात्र बनाइन्छ, दुरुत्साहित गरिन्छ। सानी फूच्ची भनेर तिमीलाई पनि गरे। गरिरहेका छन्। अझै गर्न सक्छन् तर तिमी एउटा ठूलो पहाड जस्ती देखिएकी छौ, जसलाई समाजको हुरीले छोएर जान्छ, हल्लाउन सक्दैन।

कुहिएको एउटा माछाले पुरै पोखरी दूषित बनाउँछ। हाम्रो समाजिक पोखरी शुद्ध छैन। समाज असल–खराब दुबैको मिश्रण हो। तर, असलसँग खराब सधैं भित्रभित्रै डराउँछ। आज तिमीसँग ती डराएका छन्। यो पनि एउटा ठूलो जित हो, रञ्जु ?

नानीमैया दाहाललाई भोट दिने काठमाण्डौंले रञ्जु दर्शनालाई पनि दियो। यो सनक हो। यस्ता वितर्कनमा आफ्नो निद्रा बिगारेर उपहासमा रमाउने विचारक पनि छन्। नानीमैयासँगै झापाका जनताले पुहाँतु चौधरीलाई पनि जिताए। मोरङ्का जनताले कर्णबहादुर धिमाललाई पनि जिताए। झापाका तिनै जनताले खड्गप्रसाद ओलीलाई पनि जिताए। के खड्गप्रसाद ओलीलाई जिताउनु पनि उपहास हो ? उनी पनि नानीमैया जस्तै नेपाली राजनीतिका विदूषकपात्र मात्र हुन् ? उस्तै भयो मोरङमा। गिरिजाप्रसाद कोइरालाई मोरङका जनताले कहिल्यै हराएनन् ? के यो सबै सनक र उपहास हो ?

पञ्चायतका हस्ती मानिएका व्यक्तिभन्दा नानीमैया, पुहाँतु र कर्णबहादुर नै ठीक हुन् भन्ने अभिमत थियो, त्यो। पञ्चायत र ती व्यक्तिप्रतिको निरासाबाट उत्पन्न भएको वितृष्णा थियो, त्यो। अहिले जनतामा छाएको त्यही निरासा र वितृष्णाले रञ्जुजस्ता भरभराउँदा युवालाई एक्कसी राजनीतिले तान्यो। त्यही निरासा र वितृष्णालाई बदल्न विवेकशील नेपाली र साझा पार्टीजस्ता नयाँ दलले चुवानको मुखमा धावा बोले। यो धावा आफैंमा एक जित हो, रञ्जु।

मूलतः साझा र विवेकशील दल जन्मिनु भनेको नेपाली काँग्रेस, एमाले, माओवादी र राप्रपाका नेताप्रतिको तिव्र वितृष्णा हो। कसैको सनक होइन। यी दुई दलले प्राप्त गरेको मतलाई सनकसँग जोडेर उपहास गर्नु युवाउर्जाको अपमानसँगै दलीय घेरामा बन्धक ‘दुष्चिन्तन’को अपानअभिव्यक्ति पनि हो।

आदर्शले चल्नु पर्ने राजनीति जब आदेशले चल्न थाल्छ, तब राजनीतिमा नीति मर्छ। त्यतिबेला नीतिबिनाको त्यो राज विरुद्ध युवाहरु निर्भयताका साथ धावा बोल्छन्। तिमीले त्यही ग¥यौ, जे आवश्यक थियो। सधैं जनतालाई हराएर आफू जित्ने यी प्रमुख दलका लागि भोलिका दिन झन् संकटपूर्ण हुनेछन्। तिमीले त्यही सन्देश दियौं, जुन समयले मागेको थियो।

हामी मानिसलाई उमेरले गुणा गरेर अनुभवको हिसाब निकाल्छौं। मानिसमा भएको आत्मविश्वास, साहस र उर्जाभन्दा ठूलो अनुभव के हुन्छ ? अनुभवले उर्जा जन्माउँछ भन्न सकिदैन तर उर्जाले अनुभव अवश्य जन्माउँछ। कर्मको स्रोत नै उर्जा हो। तिमीभित्र भएको त्यो उर्जा नै तिम्रो जित हो, रञ्जु।

२१ वर्षे सानी फुच्ची केटीले महानगरको मेयरको बागडोर सम्हाल्छु भन्नु हाम्रो चेतनाका लागि अपत्यारिलो मात्र हैन, हास्यास्पद भयो। आत्मविश्वास, साहस र उर्जाको अर्थ हाम्रो समाजका लागि प्रहसन हुन्छ।

हास्यपात्र तिमीमात्र भएनौ, सीएएन हिरो पुष्पा बस्नेतले त्यही नियति भोग्नु परेको थियो। जेलमा रहेका बालबालिकालाई पालनपोषण गर्छु, पढाउँछु भनेर कस्सिदा १९ वर्षिय पुष्पालाई सरकारी कर्मचारीदेखि समाजले ‘मजाक’मा उडाएका थियो। पृथ्वीनारायण शाहले १९ वर्षको उमेरमै विशाल नेपाल एकिकरण थालिसकेका थिए भन्ने कुरा हाम्रो समाजले बिर्सियौं।

पाकिस्तानकी किशोरी मलाला युसाफजाईले १६ वर्षमा नोवेल पुरस्कार जितेको सत्यको हेक्का राख्दैन हाम्रो समाज। एलेक्जण्डर द ग्रेटले २१ वर्षको उमेरमा सुरु गरेको युद्धयात्रा युनानदेखि भारतसम्म आइपुग्दा झण्डै आधा संसार जितेको इतिहासलाई पत्याउँदैन हाम्रो समाज। पन्ध्रौ शताब्दीमा आफूलाई हिदुस्तानको वादशाह कहलाउने अकबरलाई राजस्थानका १५ वर्षिय कुवँर प्रतापले हराएको इतिहास हेरेको छैन हाम्रो समाजले। एक पटक हैन, अकबरलाई पटकपटक हराएर जनताका महाराणा बनेका प्रतापलाई चिन्दैन हाम्रो समाज।

भारतको विशाल मुगल साम्राज्यलाई अठारौं शताब्दीमा धूलो चटाउने बाजीराव भट्ट २० वर्षको उमेरमा अर्को विशाल मराठी साम्राज्यका प्रधानमन्त्री (पेशवा) भएको कुराका बारेमा अनभिज्ञ हुनसक्छ हाम्रो समाज। उनै बाजीरावले २४ वर्षिय साहुजीलाई मराठी साम्राज्यको राजा बनाएको इतिहासभन्दा टाढा छ, हाम्रो समाज। मानव इतिहासमा युवाहरुको यो उर्जामय उज्यालोपाटोलाई केलाएको छैन, हाम्रो समाजले।

अहिलेका मन्त्रीमा पनि सायद कम उमेर मध्येका गगन थापा नै होलान्। उस्तै उमेरका होला जनार्दन शर्मा। तर, यिनै किन उम्दा गनिए ? जान्न चाहदैन, हाम्रो समाज। यी दुवैभन्दा एकदुई भोटा बढी फटाएका होलान् नविन्द्रराज जोशीले। किन यिनकै कामको प्रशंसा हुन्छ ? लेखाजोखा गर्दैन, हाम्रो समाज।

अनौठो छ, हाम्रो समाजको राजनीतिक सोच ! अठार वर्षे केटाकेटीले दिएको भोटले ८० वर्षे वृद्ध देश चलाउन योग्य हुने तर २१ युवाले म गर्छु भनेर आउँदा केटाकेटी भन्ने ! अर्थपूर्ण छ, गणेशमानजीले दिनु भएको भेडाको संज्ञा ! अविवेकीले मूर्खता देखाउँछन्, जसलाई भेडा पनि भनिन्छ।

देशमा प्रजातन्त्र ल्याउन मैले पनि अलिकति खुन बगाएको थिए। त्यो प्रजातन्त्र बाँचेको थियो तर चलेको थिएन। आफूले आदर्श मानेको दलप्रति ३६४ दिन असन्तुष्टि पोखे पनि ३६५ औं दिनमा कहिल्यै क्रस भोटिङ् गर्न सकेको थिइन। आश भएसम्म विश्वास हुन्छ। पछिल्ला दिनमा त्यो आशा मर्दै गयो, विश्वास हराउँदै गयो। तिमीजस्ता युवा आयौं। युवाको उर्जाले त्यो प्रजातन्त्र चलायमान हुन्छ भन्ने लाग्यो। नयाँ विश्वास जाग्यो। सिमानको देशभन्दा धेरै टाढा भावनाको देशमा बसेर क्रस भोटिङ् गरेँ। आफूले भन्दा हुने र सुन्नेलाई भनेँ। इस्टकोट लगाऊ वा क्यामेरा बोक, आफ्नो खुसी गर तर क्रस भोटिङ् गर।

मैले आदर्श मानेका नेता अहिले धरतीमा हुनुहुन्न। पुजारी नै त्यो मन्दिरको भगवान् हुन थालेपछि खराउपूजारी हुन सकिन। अनन्नतवासी नेताहरुलाई सम्झेर गरेँ। राजनीतिमा उहाँहरुको आदर्श बचाउँनका लागि क्रस भोटिङ् गर भने।

रञ्जु, तिमीले मलाई यी शब्द लेख्न वाध्य बनायौं। क्रस भोटिङ् गर्न वाध्य बनायौं। हो, रञ्जु तिमीले मलाई जित्यौं। र त वाध्य बनायौ।

अन्त्यमा, साझाले विवेक र विवेकले साझा सोच्न सकेको भए जनताले पनि जित्ने थिए। हामीले हाम्रै पालामा परिवर्तन देख्न पाउथ्यौं, सायद !

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink