कांग्रेस र कांग्रेसी एउटै होइन

  • Get News Alerts

प्रधान न्यायधीश सुशीला कार्कीमाथिको अनपेक्षित महाभियोग, चुनावी तालमेल, अन्तरिम आदेशजस्ता एकपछि अर्को असामान्य घटना मञ्चन भइरहँदा धेरै शुभचिन्तकहरूले ‘तिम्रो चाहीँ धारणा के हो’ भनेर सोधी रहनु भएको छ। आफ्नो ब्रम्हले देखेको कुरा निर्धक्क बोल्दै आएको हुँदा उहाँहरूको त्यस्तो अपेक्षा अस्वभाविक छैन। महाभियोगका सन्दर्भमा आफू नितान्त अनभिज्ञ रहेकोले तत्काल पार्टी नेतृत्वसँग अविलम्ब केन्द्रीय समितिको बोलाउन आग्रह गरेको थिएँ र त्यसबारे आफ्नो प्रारम्भिक धारणा सार्वजनिक पनि गरेको थिएँ।

यद्यपी 'निर्वाचनको बेला, सानो कुराले पनि पार्टीला ठूलै असर गर्ला कि' भनेर म जस्तो पार्टीको सिपाहीले निकै सचेत हुनुपर्न बाध्यताले के ठीक के बेठीक भनेर प्रश्न उठाउन समेत हिच्किचाउनु पर्न असहज मौनताको स्थिति भने निकै कष्टकर हुने रहेछ। न्यायिक सर्वोच्चता न्यायालयको स्वतन्त्रता, शक्तिपृथकीकरण र भयरहित न्याय सम्पादनक मान्यतामा गहिरो आस्था राख्ने मानिस भएकोले प्रधान न्यायधीशमाथि महाभियोग लगाइएको समाचार पढ्दै गर्दा पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकमा सर्वोच्चको फैसलाको विरुद्ध कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले औपचारिक असन्तुष्टी व्यक्त गर्न हुँदैन भनेर आफू एक्लैले प्रतिवाद गरेको झल्झली सम्झिएँ।

प्रधानन्यायधीश सुशीला कार्कीलाई महाभियोग नै लगाएर पदमुक्त गर्नुपर्ने केही प्रष्ट कारण भए जनतालाई सुसूचित गर्न र यो प्रक्रियालाई कुनै शक्तिले पनि दुरुपयोग गर्न नसक्ने गरी जतिसक्दो चाँडै टुङ्ग्याउन आवश्यक छ भन्ने ठानेर कांग्रेसको स्पष्ट धारणा निर्माणका लागि यथाशीघ्र केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउन पार्टी नेतृत्वसँग अनुरोध पनि गरें। आज पनि मेरो त्यहि धारणा छ-पार्टीभित्र छलफल गरौं, समिक्षा गरौं र जनतालाई सुसुचित गराऔं।

त्यसै पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले यस्ता ठूला निर्णयमा सूचना र छलफलको पारदर्शितालाई प्रोत्साहन गर्नुपर्ने नै हो। वास्तविक सूचना बन्द कोठामा कैद हुने र निर्णयमा पारदर्शिता नहुने कारणले नै थरिथरिका षडयन्त्रले मौलाउने वातावरण पाउँछ। र, मुलुक बारम्बार यसको शिकार हुँदै आएको छ। मन्त्रिपरिषदमा कुरा उठाउँदा, पार्टी सभापतिलाई सोध्दा सबै 'महाभियोगै लगाउनु पर्ने गम्भीर विषयहरु छन्' भनेर भन्नुहुन्छ, तर ती गम्भीर विषय यी हुन् भनेर नेपाली जनतालाई जानकारी दिने काम कसैले गरेको देखिएन।

तिनको गाम्भिर्यताको निर्धारण कसले गर्ने ? यस्तै प्रश्न उठिरहेको बेलामा सम्मानित सर्वोच्च अदालतले महाभियोगको प्रक्रियामाथि जस्तो किसिमको अन्तरिम आदेश जारी गर्यो, त्यसले थप अन्योल सिर्जना गरेको छ। यद्यपि, यस्तो अन्योलको बीचमा पनि म केही कुरामा प्रष्ट छु। नेपाली कांग्रेसको बैठक बस्न नसकेको अवस्थामा मेरो मनमा लागेका ती कुरालाई यही फोरमबाट सार्वजनिक गर्नु उचित ठानेको छु।

'कांग्रेस र कांग्रेसी' यो सुन्दा एउटै लाग्छ तर बास्तवमा यी दुईमा ठूलो भिन्नता छ। म, मेरो सभापति वा पार्टीमा आवद्ध कार्यकर्ता- हामी सबै पार्टीको निर्णय र अनुशासनले बाँधिएका कांग्रेसी हौं। नेपाली कांग्रेस पार्टीले गरेका हरेक निर्णयका सन्दर्भमा हाम्रो मत वा मन जे भए पनि हामी काँग्रेसी त्यो निर्णयको भागिदार रहन्छौं। पार्टीको औपचारिक संगठन बाहिरका लाखौं लोकतन्त्रवादी नेपालीका लागि भने कांग्रेस एउटा विचार, सिद्धान्त र पहिचान हो। तिनले कांग्रेस भनेर सोच्दा लोकतन्त्रको लामो संघर्षको इतिहास अगाडि आउँछ; खुल्ला समाज र उदार व्यवस्थाको छवी निर्माण हुन्छ।

निश्चित मूल्य, मान्यता र आस्था सहितको आकार बन्छ। पार्टीमा नरहेर वा सदस्य नभएर पनि ती समग्रमा 'कांग्रेस' हुन् र तिनैले आजसम्म कांग्रेस पार्टीलाई संघर्ष र निर्वाचनको मैदानमा जिताउँदै आएका छन्। तर हाम्रो पार्टीले आत्मसात गरेको मूल्य, मान्यतालाई ठीक मानेर पुस्तौंपुस्तादेखि आज पर्यन्त निरन्तर समर्थन र साथ दिइरहेका स्वतन्त्रताप्रेमी ती 'कांग्रेस' हामी कांग्रेसी जस्तो पार्टीको निर्णय र अनुशासनले बाँधिएका छैनन्। तिनले आफ्नो मत कुनै कांग्रेसीलाई होइन रुख अर्थात कांग्रेस पार्टीलाई दिइरहेका हुन्छन् भन्ने सत्यलाई हामीले बिर्सने गरेका छौं।

यस्तै अफ्ठ्याराहरूमा लोकतान्त्रिक मूल्यहरूको जगेर्ना कांग्रेस पार्टीले मात्र गर्नसक्छ भन्ने अटल विश्वासका कारणले नै तिनले काँग्रेसलाई स्नेह गरेका हुन्, हामी कांग्रेसीको मायाले होइन। आवरणमा कांग्रेस पार्टीको हैसियत हामी कांग्रेसीले बनाएको जस्तो लाग्छ, तर वास्तवमा हाम्रो पार्टीको गौरवशाली विगत र वर्तमानको निर्माणमा हामीलाई स्नेह गर्ने पार्टी बाहिरका तिनै लाखौं 'कांग्रेस' मानिसहरूको अतुलनीय भूमिका छ।

दुर्भाग्यवश महाभियोग, पार्टीको चुनावी तालमेल र सर्वोच्च अदालतको पछिल्लो आदेशले हामी कांग्रेसीलाई मात्र होईन ती 'कांग्रेस' साथीहरूको मनस्थितिलाई पनि खलबल्याइ दिएको छ। हामी कांग्रेसी नेता, कार्यकर्ता पार्टी हाइकमाण्डले ठीक ठानेकै कुरामा चित्त बुझाउन सकौंला। त्यसैले नेपाली कांग्रेस पार्टीको निर्णय र अनुशासनले बाँधिएको कांग्रेसीसँग अहिले खासै डराउनु पर्दैन। अझ न्यायाधीशहरूलाई शपथ ग्रहण गरे लगत्तै पार्टी कार्यालयमा परेड खेल्न लगाउने वा अदालतको फैसला चित्त नबुझ्दा प्रधान न्यायधीशलाई 'फाँसी दे' भन्दै हिँड्ने विगत भएका राजनीतिक शक्ति र तिनका ताबेदारहरूसँग त झन् डराउनै पर्दैन।

किनकी तिनका निम्ति लोकतन्त्र र मूल्यको राजनीति समय र स्वार्थ अनुसार बदलिरहन्छ। तर जब कृष्ण पहाडी, केदारभक्त माथेमा ,निलाम्बर आचार्यदेखि मिनबहादुर रायमाझीसम्मका आदरणीय नागरिक सडकमा आएर एक स्वरमा महाभियोगको औचित्यमाथि प्रश्न उठाउनु हुन्छ, जव 'कांग्रेसी' को बारेमा होइन कांग्रेसको बारेमा चिन्ता राखेर खुला असहमती राख्नुहुन्छ तब हामी झस्कनै पर्छ। जब अनेकन बौद्धिक व्यक्तिहरु अदालत र पार्टीको लडाइमा संसदको सर्वोच्चतामा प्रहार भयो भनेर चिन्ता व्यक्त गर्नुहुन्छ, हामी सचेत हुनैपर्छ।

जब हामी कांग्रेसीलाई नचिनेका तर माया र निष्ठापूर्वक सधैं कांग्रेस पार्टीलाई भोट दिइरहेका मतदाताहरु 'एक पटक रुख छोडेपछि सधैंका लागि छोड्छौं' भन्छन्, हामी साँच्चै डराउनु पर्छ। किन त्यस्तो भन्ने अवस्था आयो?

कांग्रेसी साथीहरू, अब हामीले आत्मनिरीक्षण गर्नै पर्छ। एकछिन अडिएर आफ्नै विवेकलाई प्रश्न गरौं, आत्मसमीक्षा गरौं। पार्टीभित्र वा आफैंभित्र केही सच्च्याउनु पर्ने हो भने सच्याऊँ। यो विषय एउटा निर्वाचन वा सरकारको मात्र हैन, यो हाम्रो इतिहास, भविष्य र अस्तित्वको विषय हो। अझ यो हाम्रो मात्र भविष्यको सवाल होइन, लोकतन्त्र अनि हाम्रा आज सम्मका सबै उपलब्धिहरूको स्थायित्वको सवाल हो।

हो, न्यायपालिकाको स्वतन्त्रता र भयरहित वातावरणमा न्याय सम्पादन गर्न सक्ने वातावरण हाम्रै मुद्दा हो। कार्यपालिकाको कार्यकारिणी अधिकारको अकुण्ठित प्रयोग पनि त कांग्रेस पार्टी कै मुद्दा हो। संसदको सर्वोच्चतामा भएको प्रहार पनि हाम्रै चिन्ता हो। त्यसैले यो खतरनाक र असामयिक द्वन्द्वबाट मुलुकलाई जोगाउन अब हामीले फेरि अघि सर्नु पर्छ। कुन संस्था वा व्यक्तिले पहिला अति गर्योब अनि कसले त्यसको जवाफ अर्को अतिले दियो भन्ने तर्फ लाग्यौं भने मुलुक अगाडि बढ्ने हैन झन् पछाडि धकेलिने छ।

हेक्का राखौं, संक्रमणकालमा नै मन्त्रिपरिषद, न्यायालय, संसद जस्ता राज्यका अंगहरू र जिम्मेवार संस्थाहरू यसरी भड्किन थाले भने निर्वाचित जनप्रतिनिधिले मात्र गणतन्त्रको भार थेग्न सम्भव छैन। अझै राम्ररी स्थिर हुन नसकेका हाम्रा संस्थाहरुलाई अतिवादी बाटोबाट तुरुन्त फर्काउन जरुरी छ। तर त्यसरी फर्काउँदै गर्दा कुनै संस्था पनि हार्नु हुन्न र त्यसक्रममा फेरि कुनै गलत नजीर पनि स्थापित नहोस् !

पछिल्लो घटनाक्रमसँगै उब्जिएको खतरनाक द्वन्द्वले कांग्रेस पार्टीको आधारका रुपमा रहेका लाखौं कांग्रेसप्रेमी जनतालाई आहत तुल्याएको छ। पार्टीप्रतिको विश्वास धरमराएको छ। अत: कांग्रेसी साथीहरु एकपटक गहिरिएर सोचौं र नेतृत्वलाई समेत सोच्ने बनाऔं- हाम्रो शक्ति सदस्यता नलिएका तिनै लाखौं 'कांग्रेस' सँग जोडिएको छ। तिनको आस्थाको धरोहर कांग्रेस पार्टी धरमराएको, भत्किएको र स्खलित भएको आभाष तिनलाई भयो भने हामी कांग्रेसीले मात्र कांग्रेस पार्टी जोगाउन सक्दैनौं।

तर राज्यका अंगहरूबीच उत्पन्न भएको द्वन्द्वलाई न्यून गर्न हामीले अपेक्षित अग्रसरता देखाएर समाल्न सक्यौं, आफ्ना कमजोरी स्वीकारेर सच्यायौं, अरुलाई तिनका कमजोरी स्वीकार्न र सच्याउन बाध्य बनाउन सकियो, छलफल र निर्णयलाई बन्द कोठाबाट बाहिर निकालेर पारदर्शी बनाउँदै लोकतन्त्रप्रतिको समर्पणलाई आफ्नो चरित्र र प्रतिवद्धताले पुन: प्रमाणित गर्यौं भने निश्चय नै पार्टीको औपचारिक संगठन बाहिर बसेर पनि निरन्तर पार्टीलाई साथ, सहयोग र समर्थन दिइरहेका 'कांग्रेस' साथीहरूको हामीप्रति धर्मराएको विश्वास पुनआर्जन गर्न सकिने छ। ती फेरि पनि हाम्रै रुखको शितल छहारीमा अवश्य फर्कने छन्!

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा