दाहाल–देउवाको लोकतन्त्र मास्ने चाल

  • Get News Alerts

लाग्छ, प्रचण्ड–देउवा जोडीले लोकतन्त्रलाई मासेरै छोड्ने भए। प्रसंग हो प्रथम महिला प्रधानन्यायधीश सुशीला कार्कीविरुद्घ काँग्रेस र माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरसहितको महाअभियोग प्रस्ताव दर्ता। पुष्पकमल दाहालको ‘मिसन’ त होला लोकतन्त्रलाई सखाप पारेर एकतन्त्रीय साम्यवादी व्यवस्था लाद्ने। विगतमा तिनले हतियार उठाएर आफ्नो उद्देश्य प्राप्त गर्न १० वर्षसम्म हिंसाको बाटो अवलम्बन गरे। त्यसबाट पार नलागेपछि शान्ति प्रकृयामा आए।

मानवअधिकार एवं लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई मान्ने कागजी ढोङ रचे। अदालतलाई राजनीतिक नेतृत्व अन्तर्गत संवैधानिक व्यवस्था राख्न हदैसम्म जोड गरे तर सकेनन्। यसैबीच राजनीतिलाई उपयोग गरेर विधिको शासनको धज्जी उडाए। अपराधलाई राजनीतिक संरक्षण दिए। अदालतका फैसलालाई अवज्ञा गर्दै आए। उसलाई बारम्बार धम्काउने र प्रभावमा पार्ने काम गरे। प्रचण्ड बिच्कने डरले एमालेसहित सबै दल चुप रहे। नतिजा लोकतन्त्रलाई समाप्त पार्ने प्रचण्ड चालले प्रशय पायो। न्यायलयलाई निस्तेज र सखाप पार्न देउवाको बुइँ चढेर कार्कीविरुद्घ महाअभियोग प्रस्ताव दर्ता गरे।

तर आश्चर्य मान्नुपर्छ लोकतन्त्रको एकमात्र असली दल ठान्ने नेपाली काँग्रेसको अनुहार उदांगियो। न्यायलय समाप्त पार्ने यत्रो भयानक र डरलाग्दो खेल हुँदासम्म उ वेखबर रह्यो। देउवा त हुस्सु नै थिए र अझ रहेछन् भन्नुप¥यो। विगतमा कृष्णप्रसाद भट्टराईको धाप पाएर यी मुलुकको प्रधानमन्त्री बने। यिनी कांग्रेसको नेता पनि भए तर भरपर्दा थिएनन्। यसपाली कांग्रेस सभापति जितेपछि यिनमा सुधार आउने अपेक्षा थियो तर त्यो एक भ्रममात्र रहेको प्रचण्डसँगको यसपालीको साठगाँठले सावित गरे।

राष्ट्र, लोकतन्त्र र कांग्रेसभन्दा आफ्नो स्वार्थलाई शिरमा राखे। लोकतन्त्रका आधारभुत मान्यतालाई तिलान्जली दिए। उठ्नै नसक्ने गरेर लोकतन्त्र र कांग्रेसलाई थला पार्ने भए। ओखलढुंगाका उज्जन श्रेष्ठका हत्यामा सर्वस्वसमेत जन्मकैद पाएका बालकृष्ण ढुङ्गेललगायतलाई उन्मुक्ति दिने र भविष्यमा न्यायलयलाई आफ्नो नियन्त्रणमा राख्ने दाहालको रणनीतिलाई उनले साथ दिए। आफू खुसी प्रहरी प्रमुखको नियुक्ति गर्न नपाएको झाेंकमा लोकतन्त्रलाई त्यसको शिकार बनाए।

उनी र प्रकाशमान सिंहको साख तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशकालमा यही न्यायलयले जोगाइदिएको देउवाले चटक्क बिर्सिए। भक्तबहादुर कोइराला आयोगलाई अदालतले खारेज गर्दा उनले ‘न्यायको जित’ भएको प्रतिकृया दिएका थिए। तत्कालीन निरंकुश राजतन्त्रसमेतले न्यायलयलाई लगाउन नसकेको ‘कार्यपालिकामाथिको हस्तक्षेप’को आरोप प्रचण्डसँग मिलेर देउवाले लगाए। न्यायलयप्रति कृतघ्न भए। पञ्चायती र ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल समेतलाई देउवाले उछिने। राजनीतिक अहंकारबाट आपैmं डुब्ने त भए तर कांग्रेस पाटीलाई समाप्त पार्ने खेलमा लागे। लोकतान्त्रिक इतिहासको सबैभन्दा कलंकित नेता उनी बने।

महाअभियोग प्रस्ताव ल्याउने गृहकार्य चैत्र ३१ गते सर्वोच्च अदालतको निर्देशनपछि सुरु भएको हो। न्यायधीश डा.आनन्दमोहन भट्टराईको एकल इजालसबाट ७ दिनभित्र ढुङ्गेललाई गिराफ्तार गरी प्रतिवेदन पेश गर्न प्रहरी प्रमुखलाई दिएको आदेशले प्रचण्ड रन्थनिएका हुन्। प्रहरीका फरार सूचीमा रहेका ढुङ्गेललाई गत महिना ओखलढुङ्गामा सार्वजनिक अभिनन्दन गरियो। उक्त कार्यक्रममा तिनले पीडित परिवार, सर्वोच्च अदालतका पूर्व तथा वर्तमान प्रधानन्यायाधीश समेतलाई भौतिक कारवाही गर्ने खुलेआम धम्की एवं न्यायिक चनौती दाहालको आडमा दिएका थिए। उक्त गम्भीर एवं आपत्तिजनक अभिव्यक्तिप्रति सर्वोच्चको ध्यानाकर्षणपछि यस्तोे आदेश भएको हो।

त्यस कार्यक्रममा ढुङ्गेलले भनेका थिए–कथित सर्वोच्च अदालतको फैसलालाई म खारेज गर्छु। सुशीला कार्कीले मलाई गिरफ्तार गर्न दिएको आदेशलाई म खारेज गर्दछु, मेरो गिरफ्तारी हुँदैन।

नेपाल प्रहरीले आफ्नो हदैसम्मको जनशक्ति परिचालन गरेको भनेपनि दाहालका संरक्षणबाट ढुङ्गेल पक्राउ नपर्ने नै भए। यसबाट विधिको शासनको धज्जी उडेको छ। मुलुकमा दण्डहीनताले प्रश्रय पाएको छ। साथैै डिआइजी नवराज सिलवालप्रति हालै भएको दुव्र्यवहार सरकार र प्रहरीको संस्थागत मानसिकता प्रतिविम्व भएको छ। यसबाट नवनियुक्त प्रहरी प्रमुखको व्यक्तिगत नेतृत्व कार्यक्षमता र इमान्दारिता समेतमा प्रश्न उठेको छ।

ढुङ्गेल २०६६ पौष १९ गते अदालतबाट ओखलढुङ्गाका उज्जन श्रेष्ठको हत्यामा सजाय पाएका व्यक्ति हुन्। तर उनी सार्वजनिक हुँदा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बसे। किनभने ढुङ्गेल दाहालको संरक्षणमा थिए र छन् पनि। बाबुराम भट्टराईको तत्कालिन सरकारले राष्ट्रपति समक्ष उनको माफीको सिफारिस राजनीतिक संरक्षणको अर्को उदाहरण हो। पीडितकी दिदी सावित्री श्रेष्ठको रिटनिवेदनमा सर्वोच्चले यो सिफारिस लागु गर्न दिएन। साथै फैसला कार्यान्वयन निकायबाट बारम्बार ताकेता हुँदा पनि उनी पक्राउ परेनन्।

दाहाल प्रधानमन्त्री हुनुअघि राजधानीमा माओवादीको एक कार्यक्रममा द्वन्द्वकालीन मुद्दालाई लिएर अदालतलाई ‘जात’को संज्ञा दिँदै त्यसमाथि खनिएका थिए। उसका फैसलामाथि प्रश्न उठाए। द्वन्द्वकालका घट्नामा मुद्दा चलाएर शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाए। यस विवादास्पद अभिव्यक्तिविरुद्घ सर्वोच्चमा मुद्दा दायर भएको छ तर वर्तमान परिस्थितिले यसमा कस्तो असर पार्छ त्यो हेर्न भने बाँकी छ।

त्यसैगरी दाहालले प्रधानमन्त्री भएलगत्तै नेपाली सेनाको मुख्यालयमा गएर त्यहाँ ठूलो संख्यामा उपस्थित जर्नेलहरू बीच द्वन्दकालका घट्नामा कुनैपनि सैनिकलाई कारवाही नहुने आश्वासन दिए। सत्य तथा बेपत्तासम्बन्धी छानविन आयोगका क्षेत्राधिकारमा हस्तक्षेप गरे।

माथिका यी परिघटनाबाट स्पष्ट हुन्छ, अदालतलाई तर्साएर द्वन्द्वकालका सबै अपराधीलाई उन्मुक्ति दिन दाहाल उद्दत छन्। तथापि अदालतले आफ्नो डेग छोडेन।

१३ वर्षको न्यायिक लडाइँपछि यही वैशाख २ गते नेपाली सेनाका तीनजना अधिकृत बबी खत्री, अमित पुन र सुनिलप्रसाद अधिकारीलाई काभ्रे जिल्ला अदालतले द्वन्द्वकालमा मैना सुनारको हत्यामा दोषी ठहर गरी जन्मकैदको सजाय सुनायो। यो फैसला पनि कार्यान्वयन हुनेमा शंका छ।

यसअघि कृष्णप्रसाद अधिकारी हत्याका प्रमुख आरोपित छविलाल पौडेललाई सर्वोच्चले न्यायिक हिरासतमा राख्न आदेश दियो। यो आदेशको डेढवर्ष नाघिसक्दा पनि पालना भएको छैन। दाहालको संरक्षणबाट पौड्याल गिरफ्तार भएनन्। चितवन जिल्ला अदालतमा चलेको मुद्दा राजनीतिक प्रभावबाट न्यायाधीशले फैसला टार्दै आएका छन्। न्यायीक प्रक्रिया पटकपटक अवरोध भए। यही कारण न्याय खोज्दाखोज्दै कृष्णप्रसादका बुवा नन्दप्रसादको ३३४ दिनको आमरण अनसनपछि ज्यान गयो। आमा गंगामायाले पतिको न्यायको लडाइँलाई निरन्तरता दिएकी छन्।

यसैबीच संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न सत्य र बेपत्तासम्बन्धी छानबिन आयोग बने। अहिले यी आयोग मृत समान छन्। कमजोर ऐन र अन्तर्राष्ट्रिय मापदण्ड विपरित यी गठन भए। २०७१ फागुन १४ गते अदालतले यसमा संशोधन गर्न दिएको पछिल्लो आदेश पनि पालना भएन। संयुक्त राष्ट्र संघ, राष्ट्रिय मानवअधिकार आयोग, पीडितका संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाका सुझाव नजरअन्दाज गरियो। राष्ट्रसंघले यसलाई मान्यता दिएको छैन।

यी दुबै आयोगले २ वर्षको कार्यकालमा उजुरी संकलन गर्ने काम मात्र गरे। अरु १ वर्षका समय यिनको थपियो तर बेपत्तासबन्धी छानविन आयोगले बेपत्ता पार्ने कार्र्यलाई ऐनद्वारा अपराधीकरण नगरेसम्म उसले केही गर्न नसक्ने भनिसकेको छ।

अर्कातिर सत्य निरुपण आयोगलाई आन्तरिक विवादमा पारिएको छ। उसको काम ठप्प छ। अध्यक्ष सूर्यकिरण गुरुङ म्याद थपेपछि साढे दुई महिनासम्म दाहालको सल्लाहमा सम्पर्कविहीन भए। पीडितले उनको कार्यक्षमतामा प्रश्न उठाएर सर्वोच्चमा रिट हाले। उनको व्यक्तिगत जवाफदेहितामाथि प्रश्न उठेको छ।

यसैबीच दाहालको आडमा पीडितपक्षधर आयोगका एक सदस्यलाई हटाउन गुरुङ लागे। माओवादीले चाहेजस्तो आयोगलाई पङ्गु बनाउने कसरतमा फसे। बाँकी सदस्यले कोही कम्मर कसेर माओवादीका एजेण्डालाई साथ दिन लागे भने कोही तिनका लाचारीको छाँया मात्र भएका छन्। पीडित पक्षमा कुनैपनि काम गर्न नदिने रणनीतिमा दाहाल अहिलेसम्म सफल भएका छन्। देउवा भने मुकदर्शक भएर बसेका छन्।
यो महाअभियोग संक्रमणकालीन न्याय र शान्ति प्रकृयासँग पनि जोडिएको छ। अदालतलाई तहसनहस पारेर सबैलाई उन्मुक्ति दिन खोजिएको छ। लोकतन्त्रको भविष्य पनि यसैमा निर्भर छ। आयोगजस्तै अदालतलाई धराशायी पार्न खोजिएको छ। यसमा तिनी सफल भए मुलुकको लोकतन्त्रमा अनिष्ट छाउनेछ। यसबाट सामाजिक सद्भाव र मेलमिलापको वातावरण बिग्रनेछ।

नवराज सिलवाल प्रकरण देउवा–दाहाल जोडीको लागि एक वहानाबाजी मात्र हो। तिनका प्रमुख उद्देश्य भ्रष्टाचारलगायत सबैखाले अपराधबाट राजनीतिक उन्मुक्ति हो। अन्ततः स्वेच्छाचारी शासन प्रणाली स्थापित गर्नु हो। तर यसमा लागेका दुबै पार्टी र तिनका नेता अवश्य असफल हुनेछन्।

तथापि संक्रमणकालीन न्याय सम्बोधन गर्न राज्य अनिच्छुक वा असक्षम प्रमाणित भएमा अन्तर्राष्ट्रिय न्यायिक क्षेत्रले मुलुकमा प्रवेश पाउने निश्चित छ। त्यसैले समय छँदै देउवा–दाहालको होस नखुले यसको पीडा सम्बन्धीत नेतृत्वले मात्र होइन लोकतन्त्र र आमनागरिक समेतले भोग्नु पर्नेछ।

दाहाल–देउवालाई थाहा छ यो महाअभियोग संसदबाट पारित हँुदैन भनेर। तिनको प्रमुख उद्देश्य कार्कीको बाँकी कार्यकालमा अन्तिम अवस्थामा पुगेका मुद्दा हेर्न नदिने र त्रासबाट न्यायलयलाई राजनीतिक कब्जामा पार्ने हो। यो न्यायपालिकाको स्वतन्त्रतामाथिको ठाडो र गम्भीर हमला हो।

तथापी देउवा–दाहाल जोडीको महाअभियोग दर्ताले जनस्तरमा सिर्जना भएको व्यापक विरोधले कार्की र न्यायलयको मनोबल भने गिर्न दिएको छैन र दिँदैन पनि। न्यायलयप्रति जनतामा अपार आस्था र पूर्णसमर्थन रहेको देखिएको छ। यस महाअभियोगलाई फिर्ता लिनको विकल्प छैन। यदि यही निहुँमा चुनाव नरोकिए यिनका नियति अब हुने तिनै तहका चुनाव नतिजाले अवश्य देखाउने छ।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा