सरकारको बेवास्ताले मणिपाल घटना

SAMSUNG
  • Get News Alerts

baleno
tata
यो साता नेपालको स्वास्थ्य क्षेत्रमा पोखराको मणिपाल शिक्षण अस्पताल र त्यहाँ कार्यरत चिकित्सकको चर्चा खूब चल्यो। घटना मानवीय संवेदनासँग जोडिएको हुनाले पनि यसले आम सर्वसाधारणको ध्यान तान्नु स्वाभाविकै हो। दुर्गम हिमालपारिको जिल्ला मुस्ताङमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई जति सक्दो चाँडो उपचारको आवश्यकता थियो। त्यसैले उनीहरूलाई हेलिकप्टरबाट सिधै मनिपाल अस्तालमा उतारियो। स्ट्रेचरबाट बिरामीलाई इमरजेन्सी वार्डमा लैजान नपाउँदै मणिपाल प्रशासनले उपचार गर्न नसक्ने बतायो। कारण भन्यो, डाक्टर आन्दोलनमा छन्, उनीहरूबिना उपचार असम्भव छ। 
 
यो अक्षम्य गल्ती हो, मणिपाल प्रशासन र चिकित्सकहरूको। युद्धमा पनि दुश्मनको सेना घाइते अवस्थामा फेला पर्यो भने उपचार गराउनुपर्छ भन्ने मान्यता स्थापित छ। हजारौं नजिर दिन सकिन्छ, जहाँ चिकित्सकले विपत्ति बेला भगवानले जस्तै गरेका कामको। तर, मणिपालका डाक्टर र अस्पताल प्रशासनले गम्भीर भुल गरे। एक मुठी सास लिएर बाँच्ने आशासहित अस्पतालको प्रांगणमा उत्रेका बिरामीलाई सायद यसो भने होलान् आन्दोलित चिकित्सकले, ‘हाम्रो माग पूरा भएको छैन, काममा फर्कन सकिँदैन।’
 
त्यहाँ विशेषज्ञता हासिल गरेका आवासीय प्राध्यापक डाक्टर पनि छन्। उनीहरूले सोचे होलान्, ‘आज शनिबार हो, हाम्रो बिदा छ, काम गर्न सकिँदैन।’ अनि मणिपाल प्रशासनले मनमनै सोच्यो होला, सरकार र आन्दोलनरत चिकित्सकलाई दबाब दिने मौका यही हो। 
 
एउटा मान्छेको जीवनको मूल्य कति हुन्छ भन्ने हेक्का पक्कै पनि यी महाशयहरूलाई हुनुपर्ने थियो। अस्पतालहरू कुनै बुचरखाना होइनन्, जहाँ आफ्नो मर्जीले काम गर्न पाइयोस्। यो अन्य व्यवसाय जस्तो व्यवसाय पनि होइन, जहाँ नाफा र घाटाको मात्रै तुलना गर्न मिलोस्। यो त यस्तो पवित्र पेसा, व्यवसाय हो, जससँग जीवन जोडिएको छ। एउटा सानो कमीले पनि अमूल्य जीवन नष्ट हुन सक्छ जुन जतिसुकै मूल्य तिरे पनि प्राप्त हुन सक्दैन। धन्न हेलिकप्टरबाट मणिपालमा उतारिएकामध्ये कसैको ज्यान गएन। गएको भए त्यसको जिम्मेवार को हुन्थ्यो? त्यसैले मणिपाल प्रशासन र त्यहाँ कार्यरत हुन् वा आन्दोलनरत चिकित्सक, उनीहरूले अक्षम्य गल्ती गरेकै हुन्। 
 
यसै अपराधलाई टेकेर स्वास्थ्य मन्त्रीका विद्वान सल्लाहकारले मणिपाल शिक्षण अस्पताल र त्यहाँ कार्यरत दोषी चिकित्सकलाई लाइसेन्स र दर्ता खारेजीसम्मको सल्लाह दिएछन्। बडो अचम्मको सल्लाह हो यो। सस्तो लोकप्रियता पाउन र वाहवाही लुट्नका यस्तो सल्लाह दिइएको हुनुपर्छ। हाम्रा मन्त्री र नेता पनि सस्तो लोकप्रियताका पछाडि लाग्छन् नै। स्वास्थ्य मन्त्री गगन थापा पनि प्रशंसाका भोका व्यक्ति हुन्। उनले पनि सल्लाहकारको सुझावलाई शिरोपर गर्दै खारेजी प्रक्रिया अगाडि बढाउन पनि सक्छन्। यसो गरियो भने यो घटना पोखराका लागि मात्र होइन, नेपालकै लागि दुर्भाग्यपूर्ण हुनेछ। 
 
मणिपाल शिक्षण अस्पताल आफैंमा एउटा संस्था हो। यो संस्था पर्यटकीय सहर पोखराको मात्र होइन, देशकै सम्पत्ति हो। यो संस्था जति व्यवस्थित र विकसित बन्छ, त्यति यही देशका लागि फाइदाजनक हुन्छ। हामीले हेक्का राख्नुपर्छ संस्थाले गल्ती गर्दैन। गल्ती गर्छन् त त्यो संस्था चलाउने जिम्मेवार व्यक्तिले। मणिपाल अस्पताललाई यो अवस्थामा पुर्याउनुका दोषी को को हुन्? यसको खोजी हुनुपर्छ र उनीहरूलाई कारबाही गर्नुपर्छ। दावाका भन्न सकिन्छ, यो अस्पताललाई अस्तव्यस्त बनाउने मुख्य दोषीमध्ये नेपाल सरकारको स्वास्थ्य मन्त्रालय पनि एक हो। त्यस्तै अर्को मुख्य दोषी हो, नेपाल सरकार शिक्षा मन्त्रालय। तेस्रोमा गृह प्रशासन र त्यसपछि बल्ल चिकित्सक र अस्पताल व्यवस्थापन दोषी हुन्। 
 
मणिपाल प्रशासन र त्यहाँका चिकित्सकको असमझदारीका कारण अस्पताल पटकपटक बन्द भएको छ। कयौंपटक त्यहाँ भर्ना भएका बिरामीलाई अक्सिजनका मास्क र स्लाइन पानीको बोटल झुण्ड्याउँदै अर्को अस्पताल खोज्दै हिँड्न बाध्य पारिएको छ। त्यहाँ अध्ययनरत सयौं विद्यार्थीको पढाइ पटकपटक अवरुद्ध भएको छ। अध्ययनका लागि आवश्यक पर्ने बिरामी र प्राध्यापक नहुँदा लाखौं रुपैयाँ तिरेर पढ्दै गरेका विद्यार्थीलाई परेको असर कसले मूल्यांकन गर्ने? यो वर्षौदेखिको रोग हो, जुन समय समयमा बल्झिरहेको छ।
 
यसपटक पनि त्यहाँका चिकित्सकले आन्दोलन गरेको झण्डै साढे २ महिना भइसकेको थियो। अस्ति पो हेलिकप्टरमा ल्याइएका दुर्घटनाका बिरामीले उपचार पाएनन्। त्यो कुरालाई नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण समाचार बनाए र सबैले थाहा पाए। त्यस दिनभन्दा अघि त्यस्ता कति बिरामी त्यहाँ पुगेर फर्के होलान्? कुनै हिसाबकिताब छैन। दुर्गम गाउँबाट डोला वा डोकोमा बोकाएर मोटरबाटोसम्म र त्यसपछि ट्याक्टर, ट्रक वा बसमा हल्लाउँदै मणिपालसम्म पुर्याइएका विपन्न वर्गका कति बिरामीले त्यहाँबाट फर्कनु पर्दा ज्यान गुमाए होलान्? यसको जिम्मेवार को? 
 
के मणिपाल अस्पताल बन्द भएको विषयमा स्वास्थ्य मन्त्रालय बेखबर थियो, थिएन। सञ्चार माध्यमले समाचार लेखेकै थिए। त्यहाँको पठनपाठन अवरुद्ध भएको विषयमा शिक्षा मन्त्रालय पनि जानकार थियो। दुवै मन्त्रालयमा औपचारिक र अनौपचारिक ढंगले मणिपाल प्रशासन र आन्दोलनरत पक्षले उजुरी पुर्याएकै थिए। तर वास्ता गरिएन। स्वास्थ्य र शिक्षा दुवै मन्त्रालयले बेलैमा ध्यान नदिँदा यो दुर्घटना निम्तिएको हो। अहिले आएर छानबिन गर्ने र लाइसेन्स खारेजीसम्मको सुझाव दिने र लिनेहरूले पहिले यस्तै एक्सन लिन किन सकेनन्? यो सबैको गैरजिम्मेवारको पराकाष्ठा हो। त्यसैले मणिपाल प्रशासन, चिकित्सक र सरकारी जिम्मेवार अधिकारी पनि दोषी छन्, यस्ता प्रकरणमा।
 
हो, मणिपाल काण्ड एउटा गम्भीर घटना हो। यसका दोषीलाई कारबाही हुनुपर्छ, ताकि आगामी दिनमा यस्ता अक्षम्य गल्ती गर्ने दुस्साहस कसैले नगरोस्। तर कारबाहीका नाममा यो शिक्षण अस्पतालको लाइसेन्स खारेज गर्ने गल्ती गर्नु हुन्न। यो नेपालको सम्पत्ति हो। पोखराको शान हो। हरेक वर्ष १ सय हाराहारीमा दक्ष चिकित्सक उत्पादन गर्ने यो संस्था नेपालका लागि वैदेशिक लगानी पनि हो। नेपाली चिकित्सकको आन्दोलनको बहानामा अस्पताल बन्द हुनु र यसैलाई कारण देखाएर लाइसेन्स खारेज गरिने हो भने नेपालमा वैदेशिक लगानीकर्ता निरुत्साहित हुने छन्। यो पक्षलाई आँखा चिम्लिन मिल्दैन।
 
गाडी आफैं चल्दैन, ड्राइभरले चलाउँछ। कहिलेकाहीँ दुर्घटना हुन्छ, त्यस बेला लापरवाहीपूर्वक चलाएर दुर्घटना निम्त्याउने ड्राइभरलाई कारबाही गरिन्छ। हो, यस्तै नियम मणिपालको हकमा पनि लागू हुन्छ। माग पूरा भएन भनेर औषधोपचार गर्न नजाने नेपाली चिकित्सक, मान्छेको ज्यानभन्दा आफ्नो विदा महत्वपूर्ण ठान्ने आवासीय प्राध्यापक, उनीहरूलाई काममा लगाउन नसक्ने मणिपाल व्यवस्थापन पक्ष र बेलैमा एक्सन लिन ढिलाई गर्ने नेपाल सरकार दोषी हुन्।
 
कसले कति कति गल्ती गरेका छन्, हिसाब गरेर सोही बराबर कारबाही गरिपाऊँ। मणिपालको लाइसेन्स रद्द गर्ने धम्की नदिऊँ। कतै सुन्नु भएको छ, दुर्घटनामा परेको गाडी कारबाहीमा परेको!
hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink