बजारको छाँयामा हाम्रा बौद्धिक

SAMSUNG
  • Get News Alerts

baleno
नेपालका बुद्धिजीवी- श्रृंखला ६
tata

अहिले बौद्धिक कसलाई भन्ने? म यही प्रसंगबाट सुरु गर्न चाहन्छु।

निकै अगाडि नै अमेरिकी विद्वान रसेल एकफले समदारीको सोपानतन्त्र बनाएका छन्, जसलाई डिक्व(डिआइकेडब्ल्यु) मोडेल भनिन्छ। जसमा 'डि' भनेको डाटा अर्थात तथ्यांक हो। तथ्यांक हामी अनुभव र अवलोकनबाट प्राप्त गर्न सक्छौं। तथ्यांक समाजमा धेरै हुन्छ र जीवनको धेरैजसो भाग तथ्यांकबाट चल्छ।

तथ्यांकलाई अलि विश्लेषण गर्ने, त्यसको सन्दर्भ हेर्ने हो भने सूचना निस्किन्छ। यहाँ प्रयोग भएको 'आइ'को अर्थ इन्फर्मेसन अर्थात सूचना हो। सूचनाले हामीलाई निर्णय गर्न सक्षम बनाउँछ।

सूचनाबाट तेस्रो तहमा गएपछि 'के' अर्थात 'नलेज' बन्छ, जसलाई हामी ज्ञान भन्छौं। ज्ञान विशेषज्ञहरूको क्षेत्र हो। जस्तै चार्टर एकाउन्टेन्ट हुनसक्छ, जसले करको दर वा लेखा जानेको हुन्छ। डाक्टरले रोग र उपचारको बारेमा जानेको हुन्छ वा वकिलले कानुनको बारेमा जानेको हुन्छ। उनीहरू आ-आफ्नो क्षेत्रका विशेषज्ञ हुन्। 

अहिले हामी जसलाई बौद्धिक भनिरहेका छौं, तिनीहरू ज्ञानवालाहरू हुन्। अहिले ज्ञान व्यापारिक वस्तु बनेको छ। यसको मोल खोजिन्छ किनभने त्यसमा लगानी छ। डाक्टर, इन्जिनयर वा वकिल बन्न लगानी भएको हुन्छ। त्यो लागत अनुपात कति नाफा हुने भयो भनेर हिसाब हुने भयो। अहिले 'बौद्धिक' भनेर हामी यी नै ज्ञानवालालाई भनिरहेका छौं। उनीहरू बौद्धिक होइनन्, बुद्धिजीवी हुन्।

ज्ञानभन्दा एक तह अझ माथि जाने हो भने 'यु' अर्थात 'अन्डरस्ट्यान्डिङ' आउँछ। त्यो ज्ञान केका लागि हो त? त्यसले समाज र राजनीतिमा के असर पर्छ? त्यो ज्ञानको ऐतिहासिकता के हो? राज्य भनेको के हो? समाज भनेको के हो? यस्ता प्रश्नहरू सोध्न थालेपछि समझदारी बढ्छ।  

अब यसबाट पनि अगाडि बढेर मानवजीवन के हो? मृत्यु के हो ? भन्ने विषयमा सोच्दै जाने हो भने 'डब्ल्यु' अर्थात 'विसडम' को तहमा पुगिन्छ, जसलाई संज्ञान भनिन्छ। यो दर्शनको क्षेत्र हो।

हामी धेरैलाई साधारण जिन्दगी बाँच्न तथ्यांक भए पुगिहाल्छ, कतिपय ज्ञानको तहसम्म पनि पुग्छौं। समझदारीसम्म पुग्ने थोरै मानिसमात्रै हुन्छन्। संज्ञानको तहमा पुग्ने मानिसहरू भने अपवादजस्तो, अत्यन्तै थोरै हुन्छन्।

'समझदारी'को स्तरमा कुरा गर्दा कसैले मलाई छुच्चो भन्छ कि भनेर डराइराख्नु पर्दैन। प्रश्न गर्ने हो। सबै स्थापित मूल्य र मान्यतालाई प्रश्न गरेपछि मात्रै समझदारी बढ्छ। कमलप्रकाश मल्लले त्यो आँट गरेका छन्। आफ्ना समसामयिक बौद्धिक र बुद्धिजीवीहरूका बारेमा नामै तोकेर विवेचना गरेका छन्।

डाक्टर, इन्जिनियरजस्ता विशेषज्ञहरूले स्थापित मूल्य र मान्यताहरूभित्र रहेर काम गर्छन्। एउटा पत्रकारले पनि स्थापित मूल्य र मान्यतामा रहेर काम गर्छ। यी सबै ज्ञानका कारोबारी अर्थात बुद्धिजीवी हुन्। मल्ल ती मूल्य र मान्यतामा सिमित रहेनन् र निर्धक्क आलोचना गरे।

पेशाले बुद्धिजीवी भए पनि मल्लले बौद्धिक काम गरे। उनी विश्वविद्यालयमा पढाउने शिक्षक थिए। शिक्षकको आफ्नै सिमितता हुन्छ। ऊ पनि मूलत सिद्धान्तले बाँधिएको हुन्छ। यसैकारण उनले आफ्नो मापदण्डबाट अरूलाई हेरे। उनलाई पनि अरूले आफ्नो मापदण्डले हेरे होला।

यति हुँदाहुँदै उनको लेख अहिलेसम्म उभिनसक्नुका केही कारण छन्, जसमध्ये अंग्रेजी भाषामा उनको पकड एउटा हो। अर्को कुरा यसअघि धेरै लेख्दै नलेखिएको विषयमा उनले यो लेख लेखे। त्यो पनि सबैले 'जय गान' गाइरहेको समयमा उनले आलोचना गर्ने हिम्मत देखाएकाले त्यो लेख उभिएको हो।

यसको अर्थ त्यसबेला बौद्धिकता धेरै थियो र अहिले छँदैछैन भन्नेचाहिँ होइन।

अहिले बौद्धिकताको लागि चाहिने वातावरण भने खुम्चिँदै गएको छ। प्रजातन्त्र भनेकै सबै बराबर हुन्छन् भन्ने मान्यता हो। त्यसैले प्रजातन्त्रमा उच्च बौद्धिकताको खास कदर हुँदैन। यो आत्मसन्तोषले गर्ने कर्म हो। जसरी मल्लले ठूलो बौद्धिक काम गरे भनेर भनियो, अहिले कसैलाई त्यस्तो भनिरहन जरूरी छैन।

अहिले (अ)सामाजिक सञ्जालमा कसको कुरा धेरै सुनिन्छ? चार विषयमा पिएचडि गरेको र एउटा सामान्य अक्षर लेख्न जान्ने कसको कुरा धेरै सुनिन्छ? जो धेरै प्रभावकारी रूपमा बोल्न सक्यो, उसैको कुरा सुनिन्छ। अहिले वातावरण नै त्यस्तै छ।

त्यसैले, अब बौद्धिकहरू एउटा चन्द्रमाजस्तो टलक्क टल्किँदैनन्। धेरै ताराहरू जस्तो स-सानो आकारमा देखिइरहन्छन्। तपाईं हामीलाई थाहा छ, ताराहरूको वास्तविक आकार चन्द्रमाको भन्दा ठूलो हुन्छन्।

एउटा आरोप लाग्ने गरेको छ, बौद्धिकहरू राजनीतिक दलसँग गाभिए भन्ने।

राजनीतिक दलसँग गाभिएको आक्षेप जतिलाई लाग्छ, मूलत: ती बौद्धिक होइनन्, बुद्धिजीवी हुन्। बुद्धिजीवी भन्ने प्रवर्गले नै मालिक खोज्छ। पहिले राजाको निगाह खोज्थे, किनभने तिनलाई योजना आयोगमा जानुपर्ने हुन्थ्यो, राजदूत/मन्त्री बन्नुपर्ने हुन्थ्यो। मल्ल आफैं जाँचबुझ केन्द्रमा गए, त्यो उनको बुद्धिजीवी अवतार हो। कति अञ्चालाधीशहरू त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरू भएका छन्। कसैलाई राजाको निगाहबाट त्रिविको उपकुलपति बन्नुपर्ने हुन्थ्यो। बुद्धिजीवी वर्गले आफ्नो बजार मूल्यका लागि एउटा संरक्षक खोज्छ। राजाको ठाउँमा अहिले दल र तिनका नेताको निगाहको खोजीमा बुद्धिजीवी वर्ग गएको हो।

बौद्धिकहरू समाजमा त्यति देखिँदैनन्, किनभने उनीहरू मिडियामा आउँदैनन्। बुद्धिजीवीको हैसियतमा प्रधानमन्त्री वा राष्ट्रपतिको दरबारमा भएका व्यक्तिहरू नै समाचारमा आउँछन्। विभिन्न विषयका विशेषज्ञहरू नै मिडियामा आउँछन्। हामी तिनै बुद्धिजीवीलाई बौद्धिक भन्ठान्छौं।

अहिले पनि थुप्रै बौद्धिकहरू यो समाजमा कोही कतैबाट प्रभावित नभइकन आफ्नो काम  गरिरहेका छन्। अभि सुवेदी कुन चाहिँ राजनीतिक दलमा प्रभाव पार्ने कोशीस गरिरहेका छन्? लोकराज बराल कुनचाहिँ राजनीतिक दलको प्रभावमा छन्? कृष्ण खनाल कुन चाहिँ राजनीतिक दलमा लागेका छन्? कृष्ण हाछेथु कुन चाहिँ राजनीतिक दलको खेती गरिरहेका छन्?

बौद्धिकहरू अहिले पनि स्वतन्त्र रूपमा आफ्नो काम गरिरहेका छन्।

राजनीतिक दलको भन्दा ठूलो प्रभाव त बजारको छ। अहिले जे जति महंगो छ, त्यो त्यति नै महत्वपूर्ण छ भन्ने भएको छ। कुनै पनि बौद्धिकको बजार मूल्य के हो भन्नेबाट हामीले उसको मूल्यांकन गर्न थालेका छौं। कुनै व्यक्तिलाई पार्टीले समानुपातिक सभासद बनायो कि बनाएन? राष्ट्रपतिमा नाउँ चले पनि राज्यले मान्यो कि मानेन? अथवा कसैको सल्लाहकारमा राख्यो कि राखेन भन्ने आधारमा बौद्धिकता मूल्यांकन गर्छौं।

एकमात्र नेपाली अरबपति बिनोद चौधरीको सल्लाहकारमा फलानो अर्थशास्त्रीको नाम छैन त, त्यस्ता पनि के बौद्धिक भन्ने कुरा हुन्छ। यसले पनि बौद्धिकता कमजोर भएको छ।

फेरि, बौद्धिकका लागि अहिले वातावरण प्रतिकुल बन्दै गइरहेको छ।

स्थापित मूल्य र मान्यतालाई प्रश्न गरेर बौद्धिक हुने हो। तिनै मूल्य र मान्यता दोहोर्‍याएर पण्डित भइन्छ। अहिले त यो प्रश्न गर्ने काम अझ चुनौतिपूर्ण हुँदै गएको छ।  अहिले शास्त्र र मान्यतामाथि प्रश्न गर्नु 'ईशनिन्दा' सरह भएको छ।

जसरी बहुमत सधैं सही हुँदैन भनेपछि सुकरातलाई विष पिउन बाध्य गरियो, अहिले त्यस्तो अवस्था आएको छ। लोकतन्त्र भनेको त बहुमत हो नि, त्यसमा प्रश्न उठाउन पाइन्छ? नेपाली राष्ट्रियता भनेको त लवेदा-सुरुवाल, नेपाली भाषा, हिन्दू धर्म हो नि, त्यसमा प्रश्न उठाउन पाइन्छ? भनिन्छ। यस्तो प्रश्न उठाउने व्यक्ति त सिधै देशद्रोही हुन्छ। अहिले यस्तो परिवेश बनेको छ।

परिवेश निर्माण कसरी हुन्छ त?

परिवेश निर्माणमा संस्कृतिको केही भूमिका हुन्छ। नेपालको वर्चश्वको संस्कृति हिन्दू धर्म, बाहुनवाद, चाकरीको संस्कृति हो।

परिवेश बनाउने दोस्रो कारक संस्कार हो, जो संस्कृतिभन्दा पनि बलियो हुन्छ। हाम्रो संस्कार के छ भने ब्राह्मण कुलमा जन्मिएको व्यक्तिले आफ्नो हजुरबुवाको उमेरको व्यक्तिलाई टिका लगाइदिने अधिकार पाउँछ। अर्थात, जातको संस्कार छ। दोस्रो संस्कार, जतिसुकै पढेको होस्, आफूभन्दा गन्यमान्यले बोलेपछि प्रश्न गर्नु हुँदैन, सुन्नुपर्छ भन्ने छ। तेस्रो संस्कार बजार हो। खुला बजारको मान्यता नै जे कुरा बिक्छ त्यो चल्छ र जे कुरा बिक्दैन त्यसको महत्व छैन भन्ने छ। यी नै तीन कुराले हाम्रो परिवेश बनाएका छन्।

हामीले प्रजातान्त्रिक व्यवस्था ल्याएका छौं तर लोकतान्त्रिक मूल्य र मान्यता समाजमा स्थापित भएका छैनन्। हाम्रो परिवेश अहिले पनि बाहुनवादी, राजतन्त्रात्मक र हिन्दू धर्मको छ।

परिवेश बनाउने अर्को कारण अन्तर्राष्ट्रिय वातावरण हो। अन्तर्राष्ट्रिय वातावरण धेरैकालसम्म क्रान्तिको पक्षमा थियो। एकातिर प्रजातन्त्र थियो, अर्कातिर साम्यवाद थियो र बीचमा तेस्रो धार समाजवाद पनि थियो। जसले गर्दा यहाँको विद्रोहीले अन्तर्राष्ट्रिय मान्यता पाउँथे।

अहिले अन्तर्राष्ट्रिय परिवेशका लागि पनि रूप प्रजातन्त्र छ भने पुग्यो, सारमा गइरहेको छैन। वर्चश्वशालीहरूको बहुमतको निरंकुशता बढ्दै गएको छ। विद्रोही हुनुको चुनौति झन् बढ्दै गएको छ। दबाव सबैतिरबाट मिलेर बस्नुपर्छ भन्ने मात्रै छ।

त्यसैले परिवेश पनि अहिले बौद्धिकताका लागि त्यति अनुकुल छैन।

ढुंगा बोकेर माथि पुर्‍याउन गाह्रो हुन्छ, तल झार्न त गुडाइदिए पुग्छ।

नेपालमा २०६२-६३ पछि ढुंगालाई तलतिर गुढाउने र त्यसैमा बहादुरी देख्नेको जमात बेपत्ता बढेको छ। त्यस्तो ढुंगालाई रोक्न खोज्नु भनेको त्योसँगै आफू पनि तल पुग्नु हो। यो त राष्ट्रवाद मात्रै नभएर, फासीवाद उन्मुख देखिन्छ। यति हुँदाहुँदै पनि हामीकहाँ वैकल्पिक परिकल्पना पनि भएको छ।

सल्मान रूस्दीले पाकिस्तानलाई 'इनसफिसिएन्टली इम्याजिन्ड कन्ट्री'(कल्पना नपुगेको मुलुक) भनेका छन्। धर्मले राज्य बनाउँछ भन्ने परिकल्पना थियो तर पुगेन। भाषा पनि महत्वपूर्ण हुन्छ भन्ने बंगलादेश विभाजनले देखायो।

नेपाल मलाई 'इनएप्रोप्रिएट्ली इम्याजिन्ड' लाग्छ। यो परिकल्पाना नै अनुपयुक्त देखिन्छ। यो विषयमा मैले मेरो किताब 'नेपालीय हुनलाई'मा बहस नै गरेको छु। भन्नलाई जन्मभूमीमा आधारित परिकल्पना भनिएपनि यो पितृभूमिमा आधारित परिकल्पना हो। जन्मभूमिमा आधारित परिकल्पना गर्नुपर्छ भन्ने छ तर त्यस्तो छैन। मैले आँटै गरेर यो कुरा भनेँ। कतिपय नयाँ शब्दहरू प्रस्ताव पनि गरेँ, ती शब्दहरू चलेका छैनन्।

हामीकहाँ भारतसँगको असुरक्षा भावको दबाव एकदमै गहिरो छ। हामी कहाँ कसैलाई तिब्बत भइएला भन्ने चिन्ताले सताएको देखिँदैन तर सिक्किम भइएला भन्ने चिन्ता एकदमै ठूलो छ। त्यसमाथि बजारको दबाव, समाजको दबाव र समुदायको दबाव छ। संस्कार र संस्कृतिको दबाव छ। यो असुरक्षा भाव र दबाव यति गहिरो छ कि यसबाट उम्किएर बौद्धिकता बाहिर आउन कम सम्भावना छ। ब्राह्मण समुदाय वा कुनै पनि खस आर्य समूदायबाट यस्तो बौद्धिकता बाहिर आउने सम्भावना म देख्दिनँ। त्यस्तो बौद्धिकता मधेसीबाट, जनजातिबाट वा दलितबाट आउनुपर्ने हो। दुर्भाग्य के हो भने हाम्रो संरचनाका कारण शिक्षा र अवसरमा तिनको पहुँच एकदमै कम छ। मिडियामा पहुँच कम छ।

त्यसैले जति वैकल्पिक परिकल्पना आउनु पर्ने हो त्यो त आउन सकेको छैन। तर नयाँ पिँडीले त्यस्तो वैकल्पिक परिकल्पना लिएर आउँछ। नयाँ पिँडी भनेको यो '(एन्टी)सोसल मिडिया'वाला पिँढी होइन, यो पिँढी त हल्लाको पछाडि दगुर्ने प्रवृत्तिको छ। यसपछि आउने 'पोस्ट-सोसल मिडिया'वाला पिँढीले नयाँ ढंगको सोच लिएर आउँछ।

त्यसोभए हाम्रो समयका बौद्धिकले के गरे भन्ने प्रश्न उठ्छ। पछिल्लो दश वर्ष हाम्रा बौद्धिकहरू केही आधारभूत प्रश्नसँग लडिरहेका छन् तर उम्किन सकेका छैनन्।

हामीले राजतन्त्र फाल्यौं तर गणतन्त्र कस्तो हुने भन्ने प्रश्न छ। यो आजको एउटा मूल प्रश्न हो। गणतन्त्र कस्तो हुने भन्ने प्रश्नसँग अरू केही प्रश्नहरू जोडिन्छन्। राष्ट्रपतिय प्रणाली कि संसदीय प्रणाली, संसदीय सर्वोच्चता कि सर्वोच्च अदालतको सर्वोच्चता ? आदि।

अर्को मुल प्रश्न छ, अब हाम्रो समाज कस्तो हुने? यसभित्र पनि केही प्रश्नहरू छन्। जस्तै धर्मनिरपेक्षता भनेको के हो?  परम्परालाई जिवितै राख्ने हो कि छोड्ने हो। राख्ने हो भने ती परम्परा सबै हिन्दू धर्मावलम्बीका परम्परा छन्, अनि कसरी धर्म निरपेक्ष हुन्छ? छोड्ने हो भने कतिलाई छोड्ने र कतिलाई राखिराख्ने? यस्ता प्रश्नहरूसँग हामी जुधिरहेका छौं।

तेस्रो, संस्कृतिका प्रश्नहरू छन्। राजतन्त्रमा एउटा धर्मको कुरा थियो। एउटा भाषा, एउटा जीवनशैली, एउटा भेषभूषाको कुरा थियो। यिनीहरूको ठाउँमा अब कस्तो संस्कृति हामीले अंगालेर जाने? अब राष्ट्रिय चरा चाहिन्छ कि चाहिँदैन? गाइको मासु खानु इस्लाम, क्रिस्चियानिटी र आफूलाई हिन्दु भन्नेसमेत केही जनजाति र दलितमा मान्य छ, यसलाई के गर्ने? यी गहिरा प्रश्नहरू हुन् जससँग आजका बौद्धिक लडिरहेका छन्।

हाम्रो भाषा अब के हुने? सम्पर्कको माध्यम के हुने? अंग्रेजीको यत्ति विगविगी छ, सबै शिक्षा व्यवस्था अंग्रेजीमा जान लागिसक्यो। नेपाली भाषा सरकारी भाषामा समिति हुनेबेला भइसक्यो। टेलिभिजन पुरा हिन्दी भइसक्यो। हामीकहाँ यति धेरै भाषाहरू छन्, तिनलाई के गर्ने? मातृभाषामा शिक्षा राम्रो हुन्छ भनिन्छ, त्यो कस्तो हुन्छ? यी प्रश्नहरू पनि आजका बौद्धिकहरू सामुन्ने छन्।

बजारसँग पनि हाम्रा बौद्धिकहरू संघर्ष गरिरहेका छन्।

नेपाली युवाले देश बनाउँछन् भनिन्छ, उनीहरूले बनाइरहेका छन्- अरबका देश। अब उनीहरूलाई यो देशमा रोजगार कसरी दिने? यो देश कसरी बनाउने? यो पनि अर्को प्रश्न छ।

बौद्धिकहरू सामून्ने भविष्यको प्रश्न पनि छ। आज राष्ट्रवादको रूपमा देशको विषय साह्रै सस्तो बनाइएको छ। तर, खासमा भोलिको नेपाल कस्तो हुने? कस्तो नेपाल भए यो नेपाल रहिरहन्छ? यो अत्यन्तै महत्वपूर्ण प्रश्न हाम्रा बौद्धिकहरूका अगाडि छ।

यी हाम्रो कालखण्डका अत्यन्तै महत्वपूर्ण प्रश्नहरू हुन्। यी प्रश्नहरूसँग हाम्रा बौद्धिक लडिरहेका छन्। तर हाम्रा बौद्धिकहरूलाई बुद्धिजीवीले यसरी छोपिदिएका छन् कि निस्किनै पाइरहेका छैनन्। बजारले बौद्धिक चिन्दैन, बुद्धिजीवी मात्रै चिन्छ। (कुराकानीमा अाधारित)

 श्रृंखलाका अन्य लेखहरू:

नेपाली बुद्धिवादीः एउटा उपाख्यान

नेपाली समाजमा बुद्धिजीवी- भाग १

नेपाली समाजमा बुद्धिजीवी- भाग २

के गर्छन् नेपालका बौद्धिकहरु?

को वौद्धिक?

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink