एमाले घोषणापत्रका पाँच मुद्दा

नेकपा एमालेले स्थानीय निर्वाचनका लागि जारी गर्ने घोषणापत्र केन्द्रीय घोषणापत्र हुनेछ। यसले संघीय संसदको निम्ति मुलुकको समग्र विकासको, प्रादेशिक संसदको निम्ति प्रादेशिक विकासको र स्थानीय तहको निम्ति स्थानीय विकासको खाका अघि सार्दैछ।
अबको स्थानीय सरकार भनेको सेवा प्रदान गर्ने मात्र होइन, आफ्नो विकास आफैं गर्ने, आफ्नो समृद्धि आफैं हासिल गर्ने र त्यो समृद्धि हासिल गर्न प्रदेश र केन्द्रसँग हातेमालो गरेर अघि बढ्ने हो। हाम्रो पार्टीले यी तीनैवटा निर्वाचनका दृष्टिबाट स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्न खोजेको छ।
यो घोषणापत्रमा हामी मूलतः पाँच मुद्दा समेट्दैछौं।
पहिलो मुद्दा, लोकतन्त्रको सुदृढीकरणसँग सम्बन्धित छ। स्थानीय तहको निर्वाचनले सिंहदरबारमा नाचिरहेको लोकतन्त्रलाई जनस्तरसम्म पु¥याउँछ। स्थानीय जनताले आफ्नै घरदैलोमा सरकारको उपस्थिति अनुभव गर्ने छन्। आफ्ना गुनासोहरू त्यहीँ राख्छन्। विकासको हक पाउँछन्। उनीहरूको सेवा–सुविधा स्थानीय स्तरबाटै सुनिश्चित हुन्छ। यति मात्र गर्न सक्यो भने साँचो अर्थमा लोकतन्त्रको संस्थागत विकास हुन्छ।
दोस्रो, राष्ट्रियता संरक्षण आजको अर्को आवश्यकता हो।
आज राष्ट्रियता अनेकौं प्रकारले संकटमा छ। राष्ट्रियताको संरक्षण स्थानीय जनताले नै गर्न सक्छन्। स्थानीय सरकारमा विभिन्न जातजाति, भाषा, धर्म–संस्कृति सबैको प्रतिनिधित्व हुन्छ। त्यसले त्यहाँको जनतालाई एकताबद्ध र बलियो बनाउँछ। उत्पीडनमा परेका सबैलाई एकठाउँमा राख्छ। लोकतन्त्र र राष्ट्रियताका लागि स्थानीय सरकार भन्ने हाम्रो एउटा नारा हुनेछ।
हाम्रो तेस्रो मुद्दा आर्थिक समृद्धि र विकास हो।
सिंहदरबार र केन्द्रीय प्रयासबाट मात्र आर्थिक समृद्धि सम्भव छैन। स्थानीय तहको निर्वाचनले नै आर्थिक समृद्धिको ढोका खोल्छ। स्थानीय स्रोतसाधनको बढीभन्दा बढी प्रयोग गर्न सकिन्छ। प्राकृतिक स्रोतसाधनको प्रयोग, स्थानीय स्तरबाट जनशक्ति उत्पादन, उद्यमशीलता विकास, सडकदेखि सबै पूर्वाधार सञ्जाल निर्माण, आधुनिकीकरण, सहरी विकास, ग्रामीण विकास, रोजगारी सिर्जनाको काम स्थानीय सरकारले गर्छ।
यसका लागि हामीले सुरुमा एक घर एक रोजगार र पछि गएर सबैलाई रोजगारी दिने भनेका छौं। प्रतिव्यक्ति आम्दानी बढाउने हाम्रो कार्यक्रम छ। शिक्षामा भएको विभेद अन्त्य गर्न, स्वास्थ्यमा जनताको पहुँच बढाउन, कृषि क्षेत्रको आधुनिकीकरण, कृषिमा सहुलियतपूर्ण ऋणजस्ता कार्यक्रमलाई हामी बढावा दिन्छौं। स्थानीय स्तरमा सडक सञ्जाल बढाउँदैछौं, जसले व्यापार, दूरसञ्चारमा जनताको पहुँच पुग्छ। त्यस्तै, आवासीय क्षेत्र र खेतीयोग्य जमिन संरक्षण गछौैं। औद्योगिक र पर्यटन विकासमा जोड दिन्छौं। सबैभन्दा महत्वूर्ण यही हो।
हाम्रो चौथो लक्ष्य समृद्ध, समुन्नत र नेपाली विशेषताको समाजवाद हो। हामीले भनेको समाजवाद हामी स्थानीय सरकारबाट देखाउन चाहन्छौं। जहाँ नेकपा एमालेले जित्छ, जहाँ एमालेको नेतृत्व हुन्छ, त्यहाँ समाजवादका चरित्रहरू देख्न सकिन्छ। विभेद र असमानता हटाउने तथा आत्मसम्मानको निर्माण गर्ने काम हाम्रो नेतृत्वमा बनेका स्थानीय सरकारहरूले गर्नेछन्।
परनिर्भरताबाट सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने हाम्रो पाँचौं लक्ष्य हो। अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन हामी उत्पादनमा ध्यान दिनेछौं। चाहे ऊर्जामा होस्, विद्युतमा होस्, कृषिजन्य उद्योगमा होस्, सेवा क्षेत्रमा होस् या अरू क्षेत्रमा होस्, हामी आत्मनिर्भर हुन चाहन्छौं र त्यो सम्भव पनि छ। यसका लागि हामी सार्वजनिक–निजी सहकारीको बीचमा हामी समन्वय गर्छौं।
अर्थतन्त्रका पाँचवटा आधारहरू कृषि, जलश्रोत, पर्यटन, मानव संशाधन र पूर्वाधार विकासका लागि हामीले योजना बनाएका छौं। मानव संशाधन विकास, प्राकृतिक सम्पदाको अत्यधिक प्रयोग, सुशासन, पारदर्शी सरकार, समावेशी, समाजवादी चरित्रको संरक्षण गर्ने हाम्रो लक्ष्य छ। हामी ७ सय ४४ ठाउँमा सहरी विकास, बस्ती विकास र विकास निर्माणका पूर्वाधार बनाउँछौं। मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र पूर्व–पश्चिम लोकमार्ग लगायत विभिन्न ठाउँमा सहरी विकासको अवधारणा ल्याउँछौं। स्थानीय जनतालाई डिजिटल सुविधा दिन्छौं। स्थानीय क्षेत्रबाट देश हाँक्न सक्ने नेतृत्व विकास गर्छौं।
(एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि गठन गरेको निर्वाचन घोषणापत्र मस्यौदा समितिमा रहेका एमाले नेता रविन्द्र अधिकारीसँग सेतोपाटीले गरेको कुराकानीमा आधारित)
प्रतिकृया दिनुहोस
विचार
-
संघीयताको परिक्षण अब बहसबाट व्यवहारमा
नारायणी देवकोटा
-
अपाङ्गता संवेदनशील स्थानीय सरकारका सोच
गजेन्द्र बुढाथोकी
-
भरतपुरमा च्यातिएको माअोवादी निष्ठा
सम्पादकीय
ब्लग
-
मतगणना स्थलमा जे देखियो
सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।मानवी पौडेल
-
बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’
बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।
डा. बिनोद कुमार साह
-
अमेरिकामा तालिम
(तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)
श्रीभक्त खनाल
साहित्यपाटी
-
प्रेम, प्लाष्टिकको फूल र बिबाह
प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।
महेन्द्र पौडेल
-
वैंशालु मन
'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।
-
मृत्युको सौन्दर्य
मृत्युसँग पनि
सौन्दर्यको आयामहरु हुँदोरैछजस्तो कि-
चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छनवीन प्यासी
पाठक विचार
-
राजीनामाले उज्यालियो दाहालको छवि
लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।
कल्पना भट्टराई
लोकप्रिय
सिफारिस
सूचनापाटी
नेपाली–अंग्रेजी मिति परिवर्तन
-
लोडसेडिङ तालिका
युनिकोडमा टाइप गर्नुहोस्
आजको विनिमयदर
सुन–चाँदी
सेयर बजार
रेडियो सुन्नुहोस्