जुनसुकै तन्त्रमा भ्रष्टाचारीकै बोलबाला!

  • Get News Alerts

डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज

आम समुदायको हित हुने विषयलाई लिएर कुनै एक जना मानिसले अनसन बस्दै आएको कुरा हामीले सुन्न थालेको लामै समय भइसकेको छ। वर्षौदेखि यसरी विभिन्न माग राख्दै अनसन बस्ने डा. गोविन्द केसीप्रति दिन प्रतिदिन जनसमर्थन बढ्दै गएको छ।

उहाँ फेरि अनसनमा बस्नुभएको बेलादेखि नै हामी चिन्तित भएका थियौं। यसपाला त अब झनै अघिल्ला सबैपटकभन्दा लामो अनसन भइसकेको अवस्था छ। हरेकपटक अनसनसँगै नेता र फरक फरक सरकारहरूले उहाँलाई आश्वासन पनि दिँदै आइरहेका छन्। त्यस्ता बचनबद्धता पूरा नगरेकै कारण उहाँ पटक पटक अनसन बस्नु परिरहेको सुनिन्छ। यो उहाँको निम्ति एक किसिमको बाध्यात्मक परिस्थिति भनेर मैले बुझेको छु।

यसपटकको अनसनको दिन निकै लम्बिसकेको अवस्थामा उहाँको स्वास्थ्य स्थितिलाई विचार गर्नै पर्छ। यसपटक अनसन तोडाउने बेला सरकारले दिएको प्रतिबद्धता पालना गराउने ग्यारेन्टी पनि आउनु जरुरी छ।

एउटा संवेदनशील चिकित्सक र आदर्श बोकेका सत्याग्रही हुन् डा. गोविन्द केसी। त्यस्ता मानिसले पटक पटक स्वास्थ्य र शैक्षिक क्षेत्रमा भइरहेका अनावश्यक गतिविधिविरुद्ध माग प्रस्तुत गरेका हुन्। त्यस्ता मानिसलाई अनसन बस्न बाध्य पार्नु नै विडम्वना हो।

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा पनि के कुराले गर्दा एउटा सत्यको पक्षमा उभिएको चिकित्सकका माग पूरा हुन सकिरहेको छैन भन्ने प्रश्न उठिरहेको छ। हामी धेरै आन्दोलन पार गरेर अहिलेको अवस्थामा आइपुगेका हौं। यत्रो प्रयासबाट नयाँ संविधान बनिसक्दा पनि अझै पुरानै कालखण्ड सम्झाउने गरी एउटा डाक्टरले भ्रष्टाचारको कुरा उठाएर अनसन बसिराख्नुपर्ने असाध्यै लाजमर्दो हो।

उनले उठाएको कुरा समाजको हितमा हो भने समाजको अहितमा उभिने शक्ति अहिलेको बेला कसरी बलियो बन्यो? केसीको अवस्थाले मुलुकभरिका नेपालीको ध्यान त तानिरहेकै छ, काममा खटिनुपर्ने एउटा कर्तव्यनिष्ठ चिकित्सकको महत्वपूर्ण सेवा पनि नेपालीहरूले गुमाउनु परिरहेको छ। डा. केसी मात्र होइन सम्पूर्ण चिकित्सा क्षेत्र नै आन्दोलित भइरहेको अवस्था म देख्दैछु।

केसीले जे जे माग्छन्, त्यो सबै पूरा गर्नुपर्छ भन्ने मेरो तर्क होइन। नियुक्तिकै विषयमा पनि के कस्तो कुरा हो मलाई राम्ररी थाहा छैन। म आफैं पनि सरकारी नियुक्तिमा रहेको मानिस हुँ। तर, कुनै पनि नियुक्ति षडयन्त्रपूर्ण र गलत नियतले गरिएको छ भने चाहिँ त्यसमा मेरो विरोध रहन्छ।

खासगरी केसीका हकमा सरकारले जे जे आश्वासन दिँदै आएको छ, त्यसमा त गम्भीरता देखाउनै पर्छ। सहमति भइसकेका उहाँका माग अविलम्ब पूरा गर्नुमै बुद्धिमानी छ। कम्तीमा अबको समयमा शैक्षिक वा चिकित्सा क्षेत्रमा भ्रष्टाचार हट्नुपर्छ भनेर कसैले माग राख्छ भने त्यसलाई तुरुन्तै सुनुवाइ गरिहाल्नुपर्छ।

मुलुकमा भ्रष्टाचारीहरूकै बोलबाला रहिरहने हो भने जुनसुकै तन्त्र आए पनि त्यसको केही माने रहँदैन। भ्रष्टाचारविरोधी केसीका माग चाहिँ सरकारले तत्काल सम्बोधन गरिहाल्नु पर्छ।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा