के खेल्छ डा. केसीका मनमा?

  • Get News Alerts

डा. गोविन्द केसीको जीवनरक्षा निम्ति नागरिक आवाज

विपश्यना जस्तो मौन रहेर ध्यान गरिने विधि अभ्यास गर्नेहरूले भन्छन्, मौनताले सुरुमा कोलाहल मच्चाउँछ र त्यो कोलाहल शान्त भएपछि शान्तिको अनुभव हुन्छ। सांसारिक मान्छेहरूको मनको कोलाहल वितरागीहरूका तुलनामा चर्को हुन्छ र ध्यानले पनि त्यसलाई शान्त पार्न सजिलो हुँदैन।

डा. गोविन्द केसीको स्वभावमा मौनता छैन, निष्क्रियता छैन। उहाँ बोलिरहने मान्छे हो, रिसाउने मान्छे हो। हरेक अव्यवस्थासित उहाँलाई रिस उठ्छ। त्यसैले उहाँलाई सत्याग्रही बनाएको छ र उहाँ पटक पटक अनसन बस्नुहुन्छ। तर हरेक अनसनमा डा. गोविन्द केसी दिन र रातको अधिकांश समय निष्क्रिय र मौन हुनुहुन्छ। कसरी सम्भव छ उहाँजस्तो सक्रिय व्यक्तिलाई यसरी बस्न?

अनसनको तेह्रौँ दिन बिहान मैले उहाँलाई सोधेको थिएँ, 'यत्रो लामो मौनता र भौतिक निष्क्रियताको समय बिताउन तपाईंले कुनै ध्यानको अभ्यास गर्नु भएको छ?'

'छैन। मैले ध्यान गर्ने गरेको छैन। तर यसरी मौन भएर बस्दा म आफ्नो उद्देश्यका बारेमा अझ धेरै र विभिन्न तह र पक्षबाट सोच्ने मौका पाउँछु,' उहाँले भन्नुभयो।

मलाई लाग्यो, ध्यान भनेको त्यही त हो नि! ‘ध्यान गर्नु’ र ‘ध्यान दिनु’ का बीचमा फरक छ। डा. केसी ध्यान गर्नुहुन्न, तर उहाँको ध्यान नेपाली चिकित्सा शिक्षाको सुव्यवस्थाबाट कहिल्यै हट्दैन। उहाँको ध्यान त्यही हो, ध्याउन्न नै त्यही हो।

तीन सय घन्टा (त्यसबेला) नाघिसकेको अनसनले कमजोर बनाउँदै लगेको स्वरमा स्पष्टसँग उहाँले भन्नुभयो, 'अनसन नबसेका बेला मेरो ध्यान विषयवस्तुका मुख्य मुख्य पक्षहरूमा हुन्छ। तर जब म अनसनमा हुन्छु, आफूले पचहत्तरै जिल्ला घुमेर अनुभव गरेका कुराहरू मनमा खेल्न थाल्छन्। त्यहाँका वास्तविकताबारे धेरै कुरा थाहा भएकाले पनि मलाई झनै चित्त बुझ्दैन, केही गरे पनि चित्त बुझाउने ठाउँ पाउँदिन। अनि त्यस्तो अव्यवस्था र अन्यायपूर्ण परिस्थिति परिवर्तन गर्न आफूले निर्वाह गर्नसक्ने जिम्मेवारीको बोध अझ बढ्छ। त्यसले मलाई ऊर्जा दिन्छ।'

आज १८ दिन भयो डा. गोविन्द केसीको दसौं अनसनको। उहाँ झन्डै ४ सय ३० घन्टादेखि अनसनमा हुनुहुन्छ। भोको हुनुहुन्छ र प्रायः मौन हुनुहुन्छ। तेह्रौं दिनमा उहाँले भन्नुभएको थियो, 'मेरो अनसनप्रति कुनै पनि सरकार कहिल्यै सकारात्मक रहेन। तर पहिले पहिले मेरा माग सम्बोधन गर्न जति चाँडो पहल गरिन्थ्यो, अहिले त्यो पनि छैन। मलाई थाहा छ, अहिलेको सरकारको विश्वास मेरो जस्तो अहिंसात्मक आन्दोलनमा छैन, तर के चाहिँ बुझिदिए हुने हो भने मैले राखेका मागमा उहाँहरूले पनि भन्ने नै गरेका कुरा छन्। कुनै पनि राम्रो सरकारले आफैं गर्नुपर्ने, अव्यवस्था हटाउनुपर्ने, विधि पालना गर्नुपर्ने, सबैले मौका र लाभ पाउन सक्ने र उपयुक्त मूल्यमा स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्ने जस्ता काम मात्र छन् मेरो मागमा। यसरी मौन रहेर बसेका बेला यति साधारण माग पूरा गराउन पटक पटक आमरण अनसन गर्नुपर्ने परिस्थितिमा पनि ध्यान जान्छ। झन् चित्त बुझ्दैन। त्यसले नै ऊर्जा दिएको अनुभव हुन्छ।'

आज डा. केसी शारीरिक रूपमा धेरै गलिसक्नुभएको छ। उहाँलाई मात्र होइन, उहाँको सेवा र समर्थनमा जुटेका मित्रहरूलाई पनि साँच्चै नै गाह्रो भइरहेको छ। थाहा छैन, कमजोरीको यो अवस्थामा उहाँको दिमागले करिब सातादिन अघि भनेकै जसरी काम गरिरहेको छ कि छैन। तर उहाँले भनेका कुरा शब्दशः त्यसरी नै सत्य छन्। अहिंसामा विश्वास नभएको सरकारले उहाँका कुरालाई भाउ दिन नखोजेको स्पष्ट भइसकेको छ।

हामी के गरौँ?

१८ दिन होइन, १८ घन्टा होइन, मात्र १८ मिनेट घडीमा घन्टी लगाएर, मौन रहेर सोचौँ। के डाक्टर केसीका माग साँच्चै गलत छन्? केही वर्षदेखि चलिआएको वरिष्ठतम प्राध्यापकलाई डिन बनाउने प्रक्रिया जबरजस्ती भत्काउने उपकुलपति तीर्थ खनिया र उनले प्रक्रिया मिचेर बनाएका डिन हटाउनुपर्ने माग राख्न साँच्चै नै उहाँले अरूसित सरसल्लाह गर्नुपर्थ्यो? सरसल्लाह गर्न थालेको भए सल्लाहकारहरूले उहाँलाई गोविन्द केसी रहन दिने थिए कि तुलो लिएर हिँड्ने बनियाँ बनाइदिने थिए?

डा. केसीले सल्लाह आवश्यक र उचित थिएन र नै सल्लाह गर्नु भएन। तर के हरहिसाब मिलाएर वा मिलाउन प्रभावकारी र प्रभावशाली व्यक्तिहरूसित सल्लाह नगरेकैले हामी अहिले मौन रहेका हौँ? होइन भने गम्भीर भएर सोचौँ, हामी किन मौन छौँ? हामी किन किन्तु-परन्तुको माकुरीजालमा आफ्नो विवेकलाई अल्झाइरहेका छौँ? के डा. केसीले माग गरेका कुरा हाम्रो कुनै पनि स्वार्थको प्रतिकूल छन्?

गोविन्द केसी सबै नेपालीका मित्र र हितैषी हुन्, त्यसैले देशमा चिकित्सा शिक्षालाई माफियाकरण गर्ने र विधिलाई विद्रूप बनाउनेहरूका भने साँच्चैका शत्रु हुन्। खलनायकहरू डा. केसीको भौतिक अन्त्य, नभए उनको शाख र प्रतिष्ठाको अन्त्य चाहन्छन् र कदाचित् डा. केसीको शरीर वा प्रतिष्ठामा आघात पुग्यो भने नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ज्यान गएको यस मुलुकमा अहिंसात्मक आन्दोलनको पनि सधैँलाई अन्त्य हुनेछ। त्यसैले पनि अहिले हामीसित किन्तु-परन्तुको सुविधा छैन। अहिले हामी कि त डा. केसी जसरी सोच्न सक्छौँ, कि त उहाँले विरोध गरेका व्यक्तिहरू, वा उहाँलाई पागल भन्नेहरू जसरी सोच्नसक्छौँ।

आफैँ रोजौँ, हामी कसका साथमा छौँ र कसरी सोच्छौँ!

यो पनि हेर्नुहोस्ः

राज्यको निम्ति अप्ठेरो बनेका सत्याग्रही

मरण होइन, हत्या हुनेछ

बोल बोल

केसीविरुद्धको प्रपञ्च व्यावसायिकता मार्ने षडयन्त्र 

 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट